News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
आज लोकतन्त्र दिवस

काठमाडौं— आज तत्कालीन राजा ज्ञानेन्द्र शाहले जनतासामु घुँडा टेकेको दिन। त्यसैको सम्झनामा मंगलबार १८ औँ लोकतन्त्र दिवस मनाइँदै छ। 

जनआन्दोलनको बलमा २०६३ वैशाख ८ मा ज्ञानेन्द्रले जनताको नासो जनतालाई नै फिर्ता गरेका थिए। दोस्रो जनआन्दोलनको जगमा नेपालमा लोकतन्त्र स्थापना भएको हो। 

Prabhu Bank

०५९ जेठ ८ मा विघटन गरेको प्रतिनिधि सभा ज्ञानेन्द्रले ०६३ वैशाख ११ मा पुनर्स्थापना गरे। प्रतिनिधि सभा पुनर्स्थापना भएको दिनलाई नै लोकतन्त्रको रुपमा मनाउन थालिएको हो। 

०६४ सालदेखि लोकतन्त्र दिवस मनाउन सुरु भएको हो। दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ।

दीप प्रज्वलन, नगर तथा टोल सरसफाइ, प्रवचन, जनआन्दोलनका शहीदहरूको सम्झना र घाइते तथा उनीहरूका परिवारलाई सम्मान गर्दै लोकतन्त्र दिवस मनाइन लागिएको हो।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०६:००
Weather Update