News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
यस्तो छ कतारका राजाको नेपाल भ्रमण तालिका

काठमाडौं—  कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको भ्रमणका लागि नेपालमा उच्च तयारी गरिएको छ। मंगलबार उनी नेपालको औपचारिक भ्रमणमा आउँदैछन्।

उनको भ्रमणलाई सफल बनाउन सरकारी संयन्त्रहरूले तयारी तीव्र पारेका छन्। मंगलबार साँझ काठमाडौं टेक्ने उनलाई सरकारले हात्ती उपहार दिनेदेखि देशैभर सार्वजनिक बिदा दिएको छ।

Prabhu Bank

कूटनीतिक सम्बन्ध स्थापना भएको ४७ वर्षपछि कतारबाट पहिलो पटक हुन लागेको उच्चस्तरीय भ्रमणलाई सरकारले उच्च प्राथमिकता दिँदै मंगलबार सार्वजनिक बिदा दिइएको छ। 

कतारी राजा थानीको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको र अरु घेरामा अन्य सुरक्षाकर्मी रहने छन्। कतारी राजालाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मै गएर स्वागत गर्ने कार्यक्रम तय भएको छ। 

नेपाल आएलगत्तै कतारका राजा राष्ट्रपति कार्यालय शीतलनिवास जाने कार्यक्रम रहेको छ। शीतलनिवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबीच नेपाल–कतार द्विपक्षीय सम्बन्धमा छलफल हुनेछ।

राष्ट्रपति पौडेलले कतारी राजा थानीको स्वागतमा बेलुका रात्रिभोजको आयोजना गरेका छन्। भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारी राजाबीच द्विपक्षीय वार्ता हुनेछ। ​कतारी राजाको राजकीय भ्रमणका क्रममा विभिन्न सम्झौता हुने सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०६:४५
Weather Update