राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेद्वारा पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा

काठमाडौं—राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पार्टीको सबै जिम्मेवारीबाट अलग भएकी छिन्।
घिमिरेले आइतबार विज्ञप्ति जारी गर्दै पार्टीका सबै जिम्मेवारीबाट आफू अलग भएको घोषणा गरेकी हुन्।
साथै उनले आफू सो पदमा रहँदासम्म संसदीय मर्र्यादा र परम्परालाई सम्मान गर्दै पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन्।
त्यस्तै आफू राष्ट्रिय सभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानूनहरु र राष्ट्रिय सभा नियमावलीले निर्देशित कामहरु तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने बताइन्।
उनी नेकपा एमालेका तर्फबाट गत चैत २८ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१ १५:४९