News Griha :: न्यूजगृह
सत्ता सहकार्यलाई कमजोर पार्ने काम नगर्न एमालेको आग्रह

काठमाडौं— नेकपा एमालेले सत्तारुढ दलहरूलाई सत्ता सहकार्यलाई कमजोर पार्ने कुनैपनि काम नगर्न आग्रह गरेको छ। 

आइतबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन समारोहमा १५ बुँदै समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सत्ता सहकार्यलाई कम्जोर पार्ने काम नगर्न आग्रह गरेको हो।

एमालेले आफूसहित माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादीसँग नयाँ सत्ता समीकरण निर्माण भएकोप्रति सन्तोष व्यक्त गर्दै यस सहकार्यलाई परिणाममुखी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

साथै एमालेले सत्तारुढ ५ दलले जारी गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प मार्फत प्रमुख समस्याहरूलाई समाधान गर्नेगरी काम गर्न सरकारलाई सुझाव दिएको छ।

बैठकले आगामी दिनमा पार्टीलाई वैचारिक, संगठनात्मक र भावनात्मक रूपमा अझ एकताबद्ध र सुदृढ बनाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्न सिंगो पार्टीपङ्क्तिलाई आह्वान गरेको छ।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव पोखरेलको साङ्गठनिक, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कडेल, निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवेदनलाई सुझावसहित पारित गरेको छ।  

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १९:१७
Weather Update