News Griha :: न्यूजगृह
एमालेले आज हीरक जयन्ती मनाउने, पूर्वराष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरवको सम्मान गरिदै

काठमाडौं— नेकपा एमालेले पार्टीको हीरक जयन्ती महोत्सवको आयोजना गर्दैछ।

सो अवसरमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति एवं पूर्व पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान गर्ने भएको छ ।

शनिबार र आइतबार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सकिएको भोलिपल्ट एमालेले हीरक जयन्ती मनाउन लागेको हो।

सो हीरक जयन्तीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि विशेष वक्ताको रूपमा आमन्त्रण गरिएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०६:३८
Weather Update