News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
कम्युनिस्ट पार्टीको स्थापना दिवसमा अतिथि बन्न देउवालाई एमालेको निमन्त्रणा 

काठमाडौं—नेपाल कम्युनिस्ट पार्टीको ७५औँ स्थापना दिवसको अवसरमा एमालेले गर्न लागेको भब्य समारोहमा कांग्रेस सभापति शेरबहादुर देउवालाई निमन्त्रणा गरिएको छ। 

आगामी वैशाख १० गते एमालेले कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा भब्य कार्यक्रम गर्न लागेको हो। 

Prabhu Bank

शुक्रबार एमाले सचिव योगेश भट्टराईले देउवा निवास बुढानिलकण्ठ पुगेर निमन्त्रण दिएका हुन्। 

निमन्त्रणा दिन भट्टराईसहित बुढानीलकण्ठका नगर प्रमुख मिठाराम अधिकारी, नेकपा एमालेका काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौला, पार्टीका बुढानीलकण्ठ नगर अध्यक्ष प्रदिप डंगोल र वडा नं २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ पुगेका थिए। 

एमालेले शनिबार र आइतबार गोदावरीमा महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ। दुई दिन महाविधेशन प्रतिनिधि परिषद्को बैठकमा विभिन्न एजेण्डामाथि छलफल हुने र सोमबार कम्युनिस्ट पार्टीको स्थापना दिवस भब्य रुपमा मनाउन लागेको भट्टराईले जानकारी दिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ११:०७
Weather Update