News Griha :: न्यूजगृह
बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ को नीति, यस्ता छन् नेसपाका निर्णयहरु 

काठमाडौं— डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले वैशाखबाट भदौसम्म महाधिवेशन तयारीका लागि संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। 

नेसपा महाधिवेशन आयोजक समितिका संयोजक डा. भट्टराईको अध्यक्षतामा बुधबार र बिहीबार बसेको पार्टीको सचिवालय बैठकले सोसहित विभिन्न निर्णयहरु गरेको हो। 

त्यस्तै बैठकले संघ, प्रदेश र स्थानीय तहमा वैकल्पिक राजनीति र यसका आयामहरुबारे नेतृत्व सवलीकरण र वैचारिक अभिमुखीकरण गर्ने निर्णय समेत गरेको छ। 

त्यस्तै आगामी वैशाख १९ गते अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको छ। 

त्यस्तै आगामी वैशाख १५ गते हुने बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा ‘राइट टू नो भोट’ को नीति अपनाउने निर्णय गरेको छ।  

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १५:४५
Weather Update