News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रञ्जिता पक्षका दुई सांसद पनि दुई तिर

काठमाडौं— सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कैलाश चौधरी नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई बिहीबार साँझ नै भौतिक मन्त्रीमा नियुक्त गरेका हुन्। उनलाई प्रदेश प्रमुख नजिर मियाँले बिहीबार राति नै शपथ ग्रहण गराए।

प्रदेशमा नाउपाका सात सांसद छन्। तीमध्ये अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षमा कैलाश चौधरी र टीका थापाले सोडारीलाई समर्थन गरेका हुन्। दुवैलाई मन्त्रीमा नियुक्त गर्ने सहमति भएपनि  कैलाशले मात्र मन्त्री पदको शपथ लिए। टीका थापाले भने मन्त्री बन्न अस्वीकार गरेकी छन्।

Prabhu Bank

यो पनि पढ्नुहोस- सुदूरपश्चिमः मुख्यमन्त्रीको शपथ लिएको भोलिपल्टै अल्पमतमा परे सोडारी

आन्तरिक रुपमा रोजेको मन्त्रालय नपाएको बताइए पनि सामाजिक सञ्जालमा भने टीका थापाले आफूलाई बिना विभागीय मन्त्रीको शपथ खान भनिएको र कुनै मन्त्रालय फुटाएर पछि तोकिने भनेपछि आफूले मन्त्रीको शपथ खान अस्वीकार गरको बताएकी छन्। 

मन्त्रीको शपथ लिन प्रदेश प्रमुखको कार्यालय पुगेकी थापा अन्तिम समयमा शपथ नलिएर बाहिरिएकी थिइन्। अर्को तर्फ कैलाश चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी नपाए शपथ नलिने अडान लिएपछि राति शपथ गराइएको थियो। मन्त्री नबनेपछि आक्रामक हुँदै सांसद थापाले आफू सरकारमा सहभागी नहुने र सरकारलाई समर्थन समेत नगर्ने सामाजिक सञ्जालमा लेखेकी छन्। 

सत्ताको भागबन्डामा ७ सांसद समेत दुई समुहमा रहेको नाउपा सुदूरपश्चिमका सांसद अब रञ्जिता पक्षका दुई सांसद समेत दुई तिर पुगेका छन्। 

यो पनि पढ्नुहोस- पाँच सांसदले प्रदेश प्रमुखलाई बुझाए सोडारीलाई नाउपाको समर्थन नरहेको पत्र 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १२:३६
Weather Update