News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ

काठमाडौं— सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार साँझ प्रदेश प्रमुख नजिर मियाँले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

Prabhu Bank

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नाउपा (रञ्जिता पक्ष), समाजवादी र स्वतन्त्र सांसदको समर्थनमा सोडारी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

नाउपाका (रेशम चौधरी पक्ष) पाँचजना सांसदहरूले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको बताएका छन्। उनीहरूले प्रदेश प्रमुखलाई पत्र बुझाउँदै सोडारीलाई आफ्नो समर्थन नरहेको बताएका हुन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  २१:४३
Weather Update