राज्य व्यवस्था समितिको बैठक बस्दै, फास्ट ट्रयाकका बारेमा छलफल हुने

काठमाडौं— संघीय संसद अन्तर्गतको एक समितिको बैठक शुक्रबार बस्दै छ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो।
सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको काठमाडौं तराई जोड्ने द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१ १०:११