News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने कांग्रेसको निर्णय 

काठमाडौं— आज बस्ने गण्डकी प्रदेश सभाको बैठक नेपाली कांग्रेसले बहिस्कार गर्ने भएको छ। 

आज बसेको गण्डकी प्रदेश नेपाली कांग्रेस संंसदीय दलको बैठकले प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय गरेको हो। 

Prabhu Bank

बैठकपछि सभामुखलाई पत्र बुझाउँदै गण्डकी प्रदेशका सरकारका सन्दर्भमा अदालतको अन्तिम आदेश नआएसम्मका लागि बैठक बहिस्कार गर्ने कांग्रेसले जनाएको हो। 

‘सम्मानित सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै गरिएका यस्ता असंवैधानिक क्रियाकलापहरुप्रति गम्भीर असहमति जनाउँदै मिति २०८१/०१/०७ गते ३ बजेका लागि बोलाइएको प्रदेश सभाको कुनै पनि बैठकमा हामी नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरु सहभागि नहुने मिति २०८१/०१/०७ गतेको नेपाली कांग्रेस संसदीय दलको बैठकले निर्णय गरेको जानकारी गराउँदछौँ।’ पत्रमा भनिएको छ। 

गण्डकीका मुख्यमन्त्री खगराज अघिकारीको नियुक्तिमा सभामुखको समेत भूमिका रहेको भन्दै नेपाली कांग्रेसले सर्वोच्चमा मुद्दा दायर गरेको थियो। सर्वोच्चले अन्तिम फैसला नआउन्जेलसम्मका लागि कुनै दीर्घकालिन महत्व राख्ने निर्णय नगर्न भनेको छ। तर प्रदेश प्रमुखले त्यसको बेवास्ता गर्दै बैठक आह्वान गरेको भन्दै कांग्रेस आक्रोशित बनिरहेको छ। 

आज दिँउसो ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १४:२४
Weather Update