बालुवाटारमा कार्यदलसहित शीर्ष नेताहरु छलफलमा सोमबार, जेठ १४, २०८१

बागमती प्रदेशमा नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै सोमबार, जेठ १४, २०८१ बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ। आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन आज शीर्ष नेताको बैठक सोमबार, जेठ १४, २०८१ सहकारीको रकम हिनामिनाको अनुसन्धान गर्न संसदीय छानबिन समितिको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन सोमबार शीर्ष नेताको बैठक बस्दैछ।

ओली–लामिछाने भ्रष्टाचारको गठबन्धन : महामन्त्री शर्मा आइतबार, जेठ १३, २०८१ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओली दुवै विभिन्न प्रकरणमा मुछिएकाले एकअर्कालाई बचाउँदै हिँडेको आरोप लगाएका छन् ।कांग्रेसले आइतबार काठमाडौंमा गरेको खुला सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । सहकारी ठगीमा गृहमन्त्री लामिछानेलाई जोगाएर ओली बोल्ने र लामिछानेले एमाले अध्यक्ष...
-1716722014.jpg)
सरकार प्रेसको ‘कन्टेन्ट’माथि नियन्त्रण गर्न खोज्दैछः गगन थापा आइतबार, जेठ १३, २०८१ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रेसको ‘कन्टेन्ट’माथि सरकारले ‘कन्ट्रोल’ गर्ने प्रयास गरेको आरोप लगाएका छन्।

संसद्को गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीको पहलकदमी, प्रधानमन्त्रीलाई ज्ञापनपत्र आइतबार, जेठ १३, २०८१ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसद्को गतिरोध अन्त्यका लागि ध्यानाकर्षण गराएको छ। पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर संसद्मा देखिएको गतिरोध हटाउने विषयमा ध्यानाकर्षणपत्र बुझाएको हो।
-1716716992.jpg)
सहकारी ठगीविरुद्ध कांग्रेसको विरोध सभाः प्रदर्शनीमार्ग पुगे शीर्ष नेताहरु आइतबार, जेठ १३, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध विरोध सभा गरेको छ। आज काठमाडौंको प्रदर्शनीमार्गमा कांग्रेसले विरोध सभा गरेको हो। विरोध सभामा सहभागिता जनाउनका लागि कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री बद्री पाण्डे, प्रमुख सचेतक रमेश लेखक, कांग्रेस नेता शेखर कोइराला, कृष्ण सिटौला लगायतका नेताहरु प्रदर्शनीमार्ग पुगेका हुन्।

स्वर्णिमको चर्को स्वरले बिग्रियो संसद्को माहोल आइतबार, जेठ १३, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले संसद्मा चर्को स्वर गर्दा माहोल थप बिथोलिन पुग्यो। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर अवरोध गरिरहेको थियो। सो क्रममा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका लागि वाग्ले रोस्टम पुगे। उनले नीति तथा कार्यक्रमबारे आफ्नो धारणा राख्नुभन्दा कांग्रेसले गरिरहेको...

जेठ १५ गते मंगलबार संसद्मा बजेट प्रस्तुत हुने आइतबार, जेठ १३, २०८१ आगामी आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ।प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्ने जानकारी गराए।

प्रधानमन्त्रीले भने– मैले देउवाजीसँग संसद्बाटै बजेट ल्याउने गरी सहमति गरेको छु आइतबार, जेठ १३, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध अन्त्यका लागि बैठक सुचारु गर्ने सम्बन्धमा आज नभए भोलिसम्म सहमति र समझदारी हुने विश्वास व्यक्त गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आव २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै...
चित्रबहादुर केसीको आरोप– ‘सहकारी ठगहरुलाई सरकारले जोगायो’ आइतबार, जेठ १३, २०८१ राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले सहकारी ठगी गर्नेहरुलाई सरकारले जोगाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

कांग्रेसको अवरोधकाबीच संसद्बाट नीति तथा कार्यक्रम पारित आइतबार, जेठ १३, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच आगामी आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक नीति तथा कार्यक्रम संसद्बाट पारित भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल पुष्पकमल दाहाल प्रचण्डले आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम पेस गरेका थिए। आजै छलफलका लागि १ घण्टाको समय छुट्टयाइएको थियो। उक्त प्रस्तावमाथि...
-1716707431.jpg)
राष्ट्रियसभाको बैठक सर्यो आइतबार, जेठ १३, २०८१ राष्ट्रियसभाको आजको बैठकको समय परिवर्तन गरिएको छ। आज बिहान ११ः३० बजे बस्नेगरी निर्धारण गरिएको बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको संसद् सचिवालयले सूचना जारी गरेर जानकारी दिएको हो।