News Griha :: न्यूजगृह
राष्ट्रियसभाको बैठक सर्‍यो

काठमाडौं— राष्ट्रियसभाको आजको बैठकको समय परिवर्तन गरिएको छ। 

आज बिहान ११ः३० बजे बस्नेगरी निर्धारण गरिएको बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको संसद् सचिवालयले सूचना जारी गरेर जानकारी दिएको हो। 

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिसभा अध्यक्ष नारायणप्रसाद दाहालले आजै अपराह्न १ः१० बजे बस्ने गरी बैठकको समय निर्धारण गरेका हुन्। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभाका यसअघिका सबै बैठकमा अवरोध गर्दै आइरहेको छ। आजको बैठकमा हुनसक्ने अवरोध हटाउन राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले विपक्षी दलसँग छलफलमा व्यस्त रहेका कारण राष्ट्रिय सभा बैठक सारिएको हो। 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १२:५३
Weather Update