News Griha :: न्यूजगृह
सहकारी ठगीविरुद्ध कांग्रेसको विरोध सभाः प्रदर्शनीमार्ग पुगे शीर्ष नेताहरु 
तस्बिरः सामाजिक सञ्जालबाट

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध विरोध सभा गरेको छ। आज काठमाडौंको प्रदर्शनीमार्गमा कांग्रेसले विरोध सभा गरेको हो। 

विरोध सभामा सहभागिता जनाउनका लागि कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री बद्री पाण्डे, प्रमुख सचेतक रमेश लेखक, कांग्रेस नेता शेखर कोइराला, कृष्ण सिटौला लगायतका नेताहरु प्रदर्शनीमार्ग पुगेका हुन्। 

सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसद्मा कांग्रेसले निरन्तर विरोध गर्दै आइरहेको छ। संसद्मा विरोध जनाइरहँदा सभामुखले प्रतिपक्षीको अवरोधपछि पनि सभा सञ्चालन भएपनि सडकमा निस्किएर कांग्रेसले त्यसको प्रतिवाद गरेको हो। 

काठमाडौं उपत्यकाका तीनै जिल्लाबाट पार्टी र त्यसका सबै भ्रातृ संगठन लिएर कांग्रेसले विरोध सभा गरेको हो। 

आज काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लाका विभिन्न स्थानबाट क्षेत्रीय समितिले नारा जुलुस गरी त्यहाँ कोणसभा गरेको हो। 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १५:३७
Weather Update