News Griha :: न्यूजगृह
चित्रबहादुर केसीको आरोप– ‘सहकारी ठगहरुलाई सरकारले जोगायो’

काठमाडौं— राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले सहकारी ठगी गर्नेहरुलाई सरकारले जोगाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सहकारी ठगी गर्नेहरुलाई सरकारले जोगाउने षड्यन्त्र गरेर लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण गरेको भन्दै सरकारको नीति तथा कार्यक्रमको विरोध गरे। 

उनले भने,‘सहकारी ठगी गरेर यत्रो मूलक नै बर्बाद पार्नेहरुलाई सत्ता पक्षले जोगाउन जुन खालको षड्यन्त्र गरिरहेका छ। यो लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण हो। त्यसैले सत्ताधारीको यो नीति तथा कार्यक्रमा पनि समर्थन गर्दैनौं विरोध गर्दछौं।’

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्बाट पारित भएको छ।  

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १३:४५
Weather Update