News Griha :: न्यूजगृह
‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने भाष्य गलत सावित भयोः प्रधानमन्त्री
‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने भाष्य गलत सावित भयोः प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले देशमा आशाको सञ्चार प्रवाह गरेको बताएका छन्।
गण्डकीमा ‘फ्लोर क्रस’ गरेका देवकोटालाई माओवादीले गर्‍यो कारबाही 
गण्डकीमा ‘फ्लोर क्रस’ गरेका देवकोटालाई माओवादीले गर्‍यो कारबाही  गण्डकी प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका फणीन्द्र देवकोटालाई माओवादी केन्द्रले कारबाही प्रक्रिया अघि बढाएको छ। नेपाल समाजवादी पार्टी (नेसपा) का देवकोटा गत निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका हुन्। 
एकीकृत समाजवादीले भन्योः एमालेसँगको विद्रोहको औचित्य पुष्टि गर्ने बेला आयो [पूर्णपाठ] 
एकीकृत समाजवादीले भन्योः एमालेसँगको विद्रोहको औचित्य पुष्टि गर्ने बेला आयो [पूर्णपाठ]  महाधिवेशनको संघारमा रहेका नेकपा एकीकृत समाजवादीले  एमालेबाट विद्रोह गरेर नयाँ पार्टी निर्माणको औचित्यलाई पुष्टि गर्ने बेला आएको जनाएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले महाधिवेशन अघि अन्तरपार्टी निर्देशन जारी गर्दै तेत्तिस महिनाअघि एमालेबाट छुुट्टिएर कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन गरेको प्रयत्नको औचित्य पुष्टि गर्नुपर्ने बेला आएको बताए।  
टिकटकमाथिको प्रतिबन्ध खुला गर्न सांसद साहको माग
टिकटकमाथिको प्रतिबन्ध खुला गर्न सांसद साहको माग सामाजिक सञ्जाल टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउन सांसदले माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम साहले अपराध र विकृति नियन्त्रण गर्न भनेर टिकटकमाथि लगाइएको प्रतिबन्धको औचित्य पुष्टि हुन नसेकेको भन्दै सरकारसँग निर्णय फिर्ता लिन माग गरे। 
सांसदको प्रश्नमा सरकारले बेवास्ता गरेपछि सभामुखको ‘रुलिङ’ 
सांसदको प्रश्नमा सरकारले बेवास्ता गरेपछि सभामुखको ‘रुलिङ’  सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा उठेका सवालका विषयमा जवाफ दिन सरकारलाई ‘रुलिङ’ गरेका छन्। आज बसेको बैठकमा सभामुख घिमिरेले संसद्को शून्य, आकस्मिक र विशेष समयमा उठेका सवालमा जवाफ दिन सरकारलाई ‘रुलिङ’ गरेका हुन्। आजको बैठकमा पनि सांसदहरुले आकस्मिक, शून्य र विशेष समयमा विभिन्न सवाल उठाएका थिए।
प्रधानमन्त्रीको भारत भ्रमणबारे कांग्रेसले खोज्यो जवाफ 
प्रधानमन्त्रीको भारत भ्रमणबारे कांग्रेसले खोज्यो जवाफ  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे जवाफ माग गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सो कुरा भारत भ्रमणबारे प्रधानमन्त्रीले जानकारी गराउनुपर्ने माग गरेका हुन्। उनले देशको कार्यकारी व्यक्ति मित्र राष्ट्रको भ्रमणमा जाँदा र आइसकेपछि त्यसको बारेमा सदनमा...
प्रतिनिधि सभा बैठक आज पनि, यस्ता छन् कार्यसूची
प्रतिनिधि सभा बैठक आज पनि, यस्ता छन् कार्यसूची यस्तै वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षक माथि छलफल हुनेछ।  
मधेसको मुख्य न्यायाधिवक्तामा सुरेन्द्र कुमार महतो नियुक्त
मधेसको मुख्य न्यायाधिवक्तामा सुरेन्द्र कुमार महतो नियुक्त धनुषाको सबैला नगरपालिका–६ का महतोलाई बिहीबार मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेकी हुन्।
शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नैपर्छ: उपप्रधानमन्त्री श्रेष्ठ
शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नैपर्छ: उपप्रधानमन्त्री श्रेष्ठ उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नै पर्ने बेला भएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले शान्ति प्रक्रियाको दुई महत्वपूर्ण कार्यभार पूरा गरिसकेको भन्दै उनले सङ्क्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी रहेको बताए।
कानुनबमोजिम भए टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग आपत्ति छैन: मन्त्री शर्मा
कानुनबमोजिम भए टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग आपत्ति छैन: मन्त्री शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानुनअनुसार समाजलाई मान्य हुनेगरि टिकटक लगायतका कुनैपनि सामाजिक सञ्जालहरू नेपालमा चलाउँदा आपत्ति नहुने  बताएकी छन्। बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले समाजमा अमर्यादित गतिविधिलाई महत्व दिनेगरी टिकटकमा सामग्रीहरू उत्पादन र प्रसारण भएका कारण सरकारले नेपालमा टिकट बन्द गरेको बताइन्।
सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छः सांसद प्रेम सुवाल
सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छः सांसद प्रेम सुवाल बिहीबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै सांसद सुवालले विदेशी पुँजीले देशको विकास नभई उपनिवेश हुने भएकाले पनि विदेशी लगानी भित्र्याउने प्रयोजनका लागि गठित प्रधानमन्त्री नेतृत्वको बोर्ड तत्काल खारेज गर्नुपर्ने बताएका हुन्।
कांग्रेसप्रति ओलीको कटाक्ष– देश बनाउन सिन्को नभाच्ने, अनि उसै स्याल हुइँया गर्ने? 
कांग्रेसप्रति ओलीको कटाक्ष– देश बनाउन सिन्को नभाच्ने, अनि उसै स्याल हुइँया गर्ने?  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणलाई सतहमा ल्याएर कांग्रेसले एमालेलाई बद्नाम गर्न खोजेको टिप्पणी गरेका छन्।  बिहीबार भक्तपुरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दैृ पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पहिले पशुपतिको जलहरी र अहिले गिरीबन्धुको जग्गा प्रकरणलाई कांग्रेसले उचालिरहेको बताए। 
Weather Update