प्रतिनिधि सभा बैठक आज पनि, यस्ता छन् कार्यसूची

काठमाडौं— प्रतिनिधि सभाको बैठक शुक्रबार पनि बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरू माथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।
यस्तै वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षक माथि छलफल हुनेछ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१ ०७:१३