
काठमाडौं— उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नै पर्ने बेला भएको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले शान्ति प्रक्रियाको दुई महत्वपूर्ण कार्यभार पूरा गरिसकेको भन्दै उनले सङ्क्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी रहेको बताए।
‘शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नैपर्छ। शान्ति प्रक्रियाको दुई महत्वपूर्ण कार्यभार हामीले गरिसकेका छौँ। राजनीतिक कार्यभार, परिवर्तनलाई संस्थागत गर्ने कार्यभार र माओवादी जनमुक्ति सेनाको समायोजन प्रक्रिया पुनःस्थापना गर्ने कार्यभार पूरा गरेका छौं,’ उनले भने, ‘तर अहिले सङ्क्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी छ। हामीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामहरू पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा पूरा गर्न जरुरी छ।’
उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामहरू पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा पूरा गर्न जरुरी रहेको बताए। उनले राष्ट्रिय सहमति कायम गरेर शान्ति प्रक्रियाको बाँकी कार्यभारलाई पूरा गरेर दिगो शान्ति स्थापित गर्ने काम गर्नुपर्ने आजको आवश्यकता रहेकोमा पनि जोड दिए।