मधेसको मुख्य न्यायाधिवक्तामा सुरेन्द्र कुमार महतो नियुक्त

धनुषा— मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतो नियुक्त भएका छन्।
धनुषाको सबैला नगरपालिका–६ का महतोलाई बिहीबार मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेकी हुन्।
नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम महतोलाई प्रदेशको मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१ १९:४०













