आईजीपी परिवर्तन हुन लागेको हो? यसो भन्छन् प्रधानमन्त्री सोमबार, असार ३, २०८१

किन गए बालेन ब्राजिल? सोमबार, असार ३, २०८१ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन्। असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आज बिहान २ः१५ बजेको उडानबाट उनी ब्राजिल प्रस्थान गरेका हुन्।

बजेट जनता र राष्ट्रको पक्षमाः प्रधानमन्त्री सोमबार, असार ३, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको बताएका छन्।सोमबार भरतपुर विमानस्थलमा पत्रकारसँग उनले बजेट समग्रमा सन्तोषजनक रहेको बताए।

बर्लिनमा राष्ट्रपति पौडेलको स्वागत सोमबार, असार ३, २०८१ राष्ट्रपति पौडेलको सम्मानमा आयोजित समारोहमा प्रथम महिला सविता पौडेल, भ्रमण दलका सदस्य र जर्मनस्थित नेपालीको सहभागिता थियो। सो अवसरमा राष्ट्रपति पौडेलले एक पटकको नेपाली सधैँको नेपाली रहेको धारणा व्यक्त गर्दै संसारमा जहाँ रहे पनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नबिर्सन आग्रह गरे।

निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस आइतबार, असार २, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहने परिषदमा विपक्षी दलका नेता शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र उपसभामुख राना सदस्य छन्।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच साढे दुई घण्टा छलफल आइतबार, असार २, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।संवैधानिक परिषद् बैठक बस्नु अघि प्रचण्डलाई भेट्न ओली सिंहदरबार पुगेका हुन्। उनीहरूबीच साढे दुई घण्टा छलफल भएको थियो। प्रधानमन्त्रीको सचिवालयले दुई नेताबीच संवैधानिक परिषद्को बैठकको तयारीबारे छलफल भएको दाबी गरेको छ।

संसदीय छानबिन समितिको बैठकः कार्यसूची तयार, अरु के–के भयो निर्णय? आइतबार, असार २, २०८१ सहकारी गठी प्रकरणको विषयमा छानबिनका लागि गठित संसदीय छानबिन समितिको बैठक बसेको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको एक हलमा बसेको बैठकले कार्यादेश अनुसारको कार्यसूची तय गरेको छ। समितिका संयोजक सूर्यबहादुर थापाका अनुसार पहिलो चरणमा संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, प्रादेशिक निकाय, स्थानीय तह लगायत निकायबाट तथ्य सङ्कलनका...

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक आइतबार, असार २, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्।आइतबार (आज) साँझ ६ बजेका लागि बैठक बोलाइएको हो। निर्वाचन आयोगका एक आयुक्तको पद रिक्त रहेको छ। यी लगायत अन्य विषयवस्तुमाथि छलफलका लागि बैठक बोलाइएको हो।
-1718534084.jpg)
मिडिया काउन्सिल स्वायत्त हुनुपर्नेमा जोड आइतबार, असार २, २०८१ राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले आइतबार मिडिया काउन्सिल विधेयकका सम्बन्धमा प्रेस काउन्सिलका पदाधिकारीहरुसँग छलफल गरेको छ।
-1718532534.jpg)
गोदावरीको प्रमुख र उपप्रमुख नै निलम्बनमा, कार्यवाहक समेत नतोकिँदा काम प्रभावित आइतबार, असार २, २०८१ भ्रष्टाचार आरोपमा मेयर, उपमेयर र केही कर्मचारीहरु निलम्बनमा परेपछि ललितपुरको गोदावरी नगरपालिकाको दैनिक काम कारबाही प्रभावित भएको छ। जसको कारण दैनिक काम लिएर आउने सेवाग्राही मर्कामा परेका छन्।
-1717655237.jpg)
कांग्रेसले भन्यो– बूढीगण्डकी चाँडो बन्नुपर्छ, बहाना देखाएर सरकार भाग्न मिल्दैन आइतबार, असार २, २०८१ नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले थालनी गरिएको बूढीगण्डकी बहुद्देश्यीय जलविद्युत् आयोजनालगायत राष्ट्रिय आयोजना बजेट अभाव र सञ्चालनको अन्योलमा पर्न नहुने बताएका छन्।प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले बूढीगण्डकी आयोजना कसले, कसरी र कहिले बनाउने भन्नेमा सरकार स्पष्ट हुनुपर्ने उल्लेख...

दलको झण्डाका आधारमा कर्मचारी राख्ने र फाल्ने प्रवृत्ति रहेको भन्दै संसद्मा आक्रोश आइतबार, असार २, २०८१ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले दक्षताको आधारमा होइन राजनीतिक दलको झण्डाका आधारमा कर्मचारीहरुलाई राख्ने र हटाउने प्रवृत्ति बढेको आरोप लगाएका छन्।

राज्य व्यवस्था समितिमा ‘एनजीओ’ को खाजा, गृहमन्त्री हिँडेपछि स्थगित भयो बैठक आइतबार, असार २, २०८१ गैरसरकारी संस्था ‘एनजीओ’ को खाजाले प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित हुन पुग्यो। आइतबार बिहान ८ बजेका लागि बैठक बोलाइएको थियो। उक्त बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समेत उपस्थित रहेका थिए। ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा...