News Griha :: न्यूजगृह
निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस

काठमाडौं— निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस भएका छन् । 

आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई आयुक्त सिफारिस गरेको परिषदकी सदस्य उपसभामुख इन्दिरा रानाले जानकारी दिइन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहने परिषदमा विपक्षी दलका नेता शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र उपसभामुख राना सदस्य छन्।

निर्वाचन आयुक्त सिफारिस भएका प्रधान नेपाल कानुन समाजका कार्यकारी निर्देशक हुन् ।

संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानको संसदीय सुनुवाइ हुनेछ । त्यसपछि मात्रै उनको नियुक्ति हुनेछ । नियुक्तिपछि प्रमुख निर्वाचन आयुक्तबाट आयुक्तले पद तथा गोपनियताको शपथ लिने व्यवस्था छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार २, २०८१  २०:३०
Weather Update