News Griha :: न्यूजगृह
संसदीय छानबिन समितिको बैठकः कार्यसूची तयार, अरु के–के भयो निर्णय? 
फाइल तस्बिर

काठमाडौं— सहकारी गठी प्रकरणको विषयमा छानबिनका लागि गठित संसदीय छानबिन समितिको बैठक बसेको छ। 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको एक हलमा बसेको बैठकले कार्यादेश अनुसारको कार्यसूची तय गरेको छ। 

समितिका संयोजक सूर्यबहादुर थापाका अनुसार पहिलो चरणमा संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, प्रादेशिक निकाय, स्थानीय तह लगायत निकायबाट तथ्य सङ्कलनका लागि कार्यसूची तय भएको हो।  त्यस्तै आजको बैठकपछि समितिले औपचारिक रुपमा काम अघि बढाउने गरी सबै तयारी गरिएको बताए।  

‘समितिले औपचारिक रूपमा काम अगाडि बढाउन सबै तयारी गरेको छ। कार्यविधि जुन बनाएको छौँ, त्यसले काम गर्न धेरै आधार दिएको छ। पहिलो छलफल संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी सहकारी व्यवस्थापन समितिले सहित निकायहरूसँग छलफल र आजको सहकारीको समस्याको बारेमा बचत अपचलन र दुरुपयोगको बारेमा जानकारी लिनेछ,’ उनले भने, ‘त्यसआधारमा अरू तथ्य सूचना प्राप्त गर्नेछौँ। प्रादेशिक सहकारी निकाय र सम्बन्धित स्थानीय तहबाट पनि तथ्यहरू सङ्कलन गर्ने कार्यसूची तय गरेर आजको बैठक सम्पन्न भएको छ।’ 

आजको बैठकमा समितिका सदस्यसहित कार्यादेशमा हस्ताक्षर गर्ने माओेवादी, एमाले लगायतका सांसदहरुको समेत उपस्थिती रहेको थियो। 

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समेत जोडिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आवाज उठाएसँगै सरकारले छानबिन समिति गठन गरेको हो। कांग्रेसले निरन्तर संसद्मा अवरोध गरेपछि सरकारले गत जेठ १५ गते समितिको टुंगो लगाएको हो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार २, २०८१  १७:३७
Weather Update