News Griha :: न्यूजगृह
बजेट जनता र राष्ट्रको पक्षमाः प्रधानमन्त्री
फाइल तस्बिर।

चितवन—  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको बताएका छन्।

सोमबार भरतपुर विमानस्थलमा पत्रकारसँग उनले बजेट समग्रमा सन्तोषजनक रहेको बताए।

उनले भने, ‘मलाई लाग्छ यो प्रतिनिधिसभाबाट पारित हुन्छ।’

सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको उनको भनाइ छ।

‘यो सन्तोषजनक छ। राष्ट्र र जनताको अपेक्षा अनुसार अझै गति दिनुपर्छ भन्ने आवश्यकता म ठान्छु,’ उनले भने।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १२:०१
Weather Update