News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच साढे दुई घण्टा छलफल 
फाइल तस्बिर।

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

संवैधानिक परिषद् बैठक बस्नु अघि प्रचण्डलाई भेट्न ओली सिंहदरबार पुगेका हुन्। उनीहरूबीच साढे दुई घण्टा छलफल भएको थियो। 

प्रधानमन्त्रीको सचिवालयले दुई नेताबीच संवैधानिक परिषद्को बैठकको तयारीबारे छलफल भएको दाबी गरेको छ। 

‘प्रधानमन्त्री भेट्न एमाले अध्यक्ष ओली दिउँसो साढे १ बजे सिंहदरबार आउनुभएको थियो, तीन बजेसम्म भेट भयो,’ सचिवालयका एक सदस्यले भने, ‘संवैधानिक परिषद्को बैठकअघि उहाँहरु भेट्नुभएको हो।’ 

तर, प्रदेश र केन्द्र सरकारले ल्याएको बजेटको विषयमा असन्तुष्टि चुलिएपछि ओली प्रधानमन्त्री भेट्न पुगेका हुन्। 

‘बागमती प्रदेशमा ल्याइएको बजेटप्रति मुख्यमन्त्री आफैँ असन्तुष्ट हुनुहुन्छ,’ प्रचण्ड निकट स्रोतले भन्यो, ‘यता केन्द्रमा ओली आफैँले असन्तुष्टि जनाइरहनुभएको छ। यही विषयमा साझा धारणा बनाउने प्रयत्न भएको हो।’

यद्यपि उनीहरूबीच भएका अन्य छलफलका विषयबारे भने केही खुलाइएको छैन। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार २, २०८१  १८:३०
Weather Update