News Griha :: न्यूजगृह
आईजीपी परिवर्तन हुन लागेको हो? यसो भन्छन् प्रधानमन्त्री 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन हुने भन्ने कुरा हल्ला मात्रै भएको स्पष्ट पारेका छन्।  

केही दिनदेखि प्रहरी महानिरीक्षक फेरिने हल्ला चलेको थियो। सोमबार बिहान चितवन पुगेका प्रधानमन्त्रीलाई सञ्चारकर्मीहरुले भरतपुर विमानस्थलमा सो विषयमा जिज्ञासा राखेका थिए। 

प्रधानमन्त्री प्रचण्डले आफू अहिले आईजीपी परिवर्तन गर्ने मनस्थितीमा नरहेको र ढुक्कसँग काम गर्न आग्रह गरेको बताए। 

उनले भने, ‘मैले अस्तिको दिन मात्रै तीनैजना  आईजीपीहरुलाई बोलाएर केही परिवर्तन हुँदैन तपाईहरु ढुक्कसँग काम गर्नुुस् भनिसकेको छु। त्यही गतिमा उहाँहरुले काम गर्नुभएको छ। यो हल्ला मात्रै हो।’

केही दिनयता केही सञ्चार माध्यममा आईजीपी परिवर्तन हुन लागेको हल्लापछि प्रहरी प्रधान कार्यालयले भ्रमको पछि नलाग्न आग्रह गर्दै विज्ञप्ति समेत जारी गरेको थियो।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १३:१८
Weather Update