प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्।
आइतबार (आज) साँझ ६ बजेका लागि बैठक बोलाइएको हो।
निर्वाचन आयोगका एक आयुक्तको पद रिक्त रहेको छ। यी लगायत अन्य विषयवस्तुमाथि छलफलका लागि बैठक बोलाइएको हो।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्मा सभामुख, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलको नेता, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहन्छन्।
प्रकाशित मिति: आइतबार, असार २, २०८१ १६:५६