News Griha :: न्यूजगृह
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। कांग्रेसले बुधबार (भोलि) असार १९ गतेका लागि बैठक आह्वान गरेको हो। सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने बैठकमा  पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 
प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने, विश्वासको मत सामना गर्ने
प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने, विश्वासको मत सामना गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने भएका छन्।
रास्वपा नयाँ गठबन्धनमा सहभागी नहुने
रास्वपा नयाँ गठबन्धनमा सहभागी नहुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ।मङ्गलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।उनले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने बैठकले निष्कर्ष निकालेको बताए। 
मार्गप्रशस्त गर्न प्रचण्डलाई ओलीको आग्रह
मार्गप्रशस्त गर्न प्रचण्डलाई ओलीको आग्रह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन्। 
प्रचण्डलाई लक्षित गर्दै बाबुरामले भने- 'सधैँभरि ठग्न सकिन्न'
प्रचण्डलाई लक्षित गर्दै बाबुरामले भने- 'सधैँभरि ठग्न सकिन्न' आफ्नो निर्वाचन क्षेत्र गोरखा प्रचण्डका लागि छोडेका डा. भट्टराईको पछिल्लो समय सम्बन्ध बिग्रिएको छ। उनले पछिल्ला दिनहरूमा प्रचण्डको आलोचना गर्दै आएका छन्। खासगरी नेसपालाई विभाजित गरेर माओवादीमा विलय गराएपछि बाबुराम प्रचण्डसँग आक्रोशित छन्।
अस्थिरता अन्त्य गर्न एमालेसँग सत्ता साझेदारीः कांग्रेस
अस्थिरता अन्त्य गर्न एमालेसँग सत्ता साझेदारीः कांग्रेस नेपाली कांग्रेसले लामो समयदेखिको अस्थिरता चिर्न नेकपा एमालेसँग सत्ता साझेदारी गर्न लागेको प्रतिक्रिया दिएको छ।मङ्गलबार बिहान बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रतिक्रिया दिँदै प्रवक्ता प्रकाशशरण महतले राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधारका लागि एमालेसँग गठबन्धन बनाउन लागेको दाबी गरे।
राप्रपाले बोलायो केन्द्रीय पदाधिकारी बैठक
राप्रपाले बोलायो केन्द्रीय पदाधिकारी बैठक कांग्रेस–एमालेबीच नयाँ गठबन्धन बनाएपछि परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्। 
शंकर पोखरेलले खुलाए कांग्रेस–एमाले मिल्नुको कारण
शंकर पोखरेलले खुलाए कांग्रेस–एमाले मिल्नुको कारण एमालेका महासचिव शंकर पोखरेलले प्रमुख दुई दल मिल्नुको कारण खुलाएका छन्।प्रचण्ड नेतृत्वको सरकार विस्थापित गरेर केपी ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने कांग्रेससँग समझदारीमा हुनुमा निश्चित राजनीतिक उद्देश्य रहेको उनले बताएका हुन्।ओली नेतृत्वको राष्ट्रिय सरकारमा अन्य दललाई पनि समावेश गर्ने उनले बताएका छन्। 
प्रधानमन्त्री प्रचण्डले बोलाएपछि बालुवाटार पुगे ओली
प्रधानमन्त्री प्रचण्डले बोलाएपछि बालुवाटार पुगे ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।केहीबेर अघि मात्र अध्यक्ष ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।
कांग्रेस–एमाले गठबन्धनप्रति बालेनको व्यङ्ग्य– ‘काले काले मिलेर खाऊँ भाले!’
कांग्रेस–एमाले गठबन्धनप्रति बालेनको व्यङ्ग्य– ‘काले काले मिलेर खाऊँ भाले!’ मङ्गलबार बिहान सामाजिक सञ्जालमार्फत उनले नयाँ सत्ता समीकरणको तयारीमा रहेका एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई व्यङ्ग्य गरेका हुन्। 
एमालेका मन्त्रीहरूले राजीनामा दिँदै 
एमालेका मन्त्रीहरूले राजीनामा दिँदै  नेपाली कांग्रेससँग नयाँ सरकार गठनका लागि सहमति गरेसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन्।सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दुई ठूला दलबीच सहमति भएको थियो। 
माओवादी पदाधिकारीको आकस्मिक बैठक बस्दै
माओवादी पदाधिकारीको आकस्मिक बैठक बस्दै सत्ता समीकरणमा फेरबदलसँगै नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक बोलाएको छ। सचिव गणेश साहका अनुसार बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिए।
Weather Update