News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने, विश्वासको मत सामना गर्ने

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने भएका छन्।

मङ्गलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी बैठकमा अहिले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो। ‘अहिलेसम्म एमालेले समर्थन फिर्ता लिएको छैन, एमालेले मन्त्री फिर्ता बोलाए अहिले नै राजीनामा दिँदैनौँ,’ बालुवाटार स्रोतले भन्यो। 

एमालेले भने आजै आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने बताएको छ। 

विश्वासको मत लिन भने प्रधानमन्त्रीलाई ३० दिनको सुविधा संविधानले नै दिएको छ। 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ११:३६
Weather Update