News Griha :: न्यूजगृह
अस्थिरता अन्त्य गर्न एमालेसँग सत्ता साझेदारीः कांग्रेस

काठमाडौं— नेपाली कांग्रेसले लामो समयदेखिको अस्थिरता चिर्न नेकपा एमालेसँग सत्ता साझेदारी गर्न लागेको प्रतिक्रिया दिएको छ।

मङ्गलबार बिहान बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रतिक्रिया दिँदै प्रवक्ता प्रकाशशरण महतले राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधारका लागि एमालेसँग गठबन्धन बनाउन लागेको दाबी गरे।

उनले संविधान संशोधन गर्ने सहमति पनि बनेको पनि जानकारी दिए। उनले आवश्यकताअनुसार अन्य दललाई पनि सरकारमा ल्याउन छलफल गरेर अगाडि बढ्ने बताए।

अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने र डेढ वर्षपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने सहमतिमा हस्ताक्षर भएको महतले दाबी गरे। 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १०:३५
Weather Update