राप्रपाले बोलायो केन्द्रीय पदाधिकारी बैठक

काठमाडौं— राप्रपाले केन्द्रीय पदाधिकारीको बैठक बोलाएको छ।
कांग्रेस–एमालेबीच नयाँ गठबन्धन बनाएपछि परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्।
बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१ १०:२८