News Griha :: न्यूजगृह
रास्वपा नयाँ गठबन्धनमा सहभागी नहुने

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ।

मङ्गलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

उनले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने बैठकले निष्कर्ष निकालेको बताए। 

‘नयाँ गठबन्धन यो घटना देश र जनताको हितमा छैन। यसले राजनीतिक स्थायित्व दिन सक्दैन भन्ने हाम्रो बुझाइ छ। अब बन्ने गठबन्धनमा हामी सहभागी हुँदैनौँ,’ बैठकपछि परियारले भने । 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ११:३२
Weather Update