प्रधानमन्त्री प्रचण्डले बोलाएपछि बालुवाटार पुगे ओली

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।
केहीबेर अघि मात्र अध्यक्ष ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्री प्रचण्डले बोलाएपछि अध्यक्ष ओली बालुवाटार गएका हुन्। नेपाली कांग्रेस र नेकपा एमालेबीच मध्यरात सत्ता सहकार्य बारे सहमति गरेपछि प्रचण्ड र ओलीबीच भेटवार्ता हुन लागेको हो।
आजै एमाले मन्त्रीहरूले राजीनामा दिँदै छन्।
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१ ०९:४२