News Griha :: न्यूजगृह
प्रचण्डलाई लक्षित गर्दै बाबुरामले भने- 'सधैँभरि ठग्न सकिन्न'

काठमाडौं— पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्ड लक्षित गर्दै सधैँ भरी ठग्न नसकिने टिप्पणी गरेका छन्।

कांग्रेस-एमालेसँगको सहमतिपछि सामाजिक सञ्जाल मार्फत डा. भट्टराईले प्रचण्डलाई लक्षित गर्दै भनेका छन्, 'केहीलाई सधैँभरि ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैँभरि ठग्न सकिन्न। सन्दर्भ बुझौँ !’

आफ्नो निर्वाचन क्षेत्र गोरखा प्रचण्डका लागि छोडेका डा. भट्टराईको पछिल्लो समय सम्बन्ध बिग्रिएको छ। उनले पछिल्ला दिनहरूमा प्रचण्डको आलोचना गर्दै आएका छन्। खासगरी नेसपालाई विभाजित गरेर माओवादीमा विलय गराएपछि बाबुराम प्रचण्डसँग आक्रोशित छन्।

 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १०:५८
Weather Update