कांग्रेस–एमाले गठबन्धनप्रति बालेनको व्यङ्ग्य– ‘काले काले मिलेर खाऊँ भाले!’

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कांग्रेस–एमालेको नयाँ गठबन्धनप्रति व्यङ्ग्य गरेका छन्।
मङ्गलबार बिहान सामाजिक सञ्जालमार्फत उनले नयाँ सत्ता समीकरणको तयारीमा रहेका एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई व्यङ्ग्य गरेका हुन्।
‘यो समय गिरीबन्धु चियाको हो,’ बालेनले सामाजिक सञ्जालमा दुई नेताको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘काले काले मिलेर खाऊँ भाले!’
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१ ०९:०९













