News Griha :: न्यूजगृह
एमालेका मन्त्रीहरूले राजीनामा दिँदै 

काठमाडौं— नेपाली कांग्रेससँग नयाँ सरकार गठनका लागि सहमति गरेसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन्।

सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दुई ठूला दलबीच सहमति भएको थियो। 

‘मन्त्रीहरूले राजीनामा दिनुभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ,’ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने।

मन्त्रीहरूको राजीनामासँगै प्रधानमन्त्री प्रचण्डले साँझसम्म मार्गप्रशस्त गर्ने बर्तौलाले आशा व्यक्त गरे। एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक दिउँसो तीन बजे बस्ने छ।

त्यस्तै, नेपाली कांग्रेसले पनि पदाधिकारी बैठक बोलाएको छ। बैठक ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ। 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०९:०१
Weather Update