आज र भोलि बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदैशुक्रबार, कात्तिक १७, २०८०

तनहुँमा साढे ६ हजारलाई डेँगु सङ्क्रमण मंगलबार, कात्तिक १४, २०८० स्वास्थ्य कार्यालय तनहुँका अनुसार सङ्क्रमितमध्ये ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष रहेका छन् । कुल सङ्क्रमितको ८४ प्रतिशत व्यास नगरपालिकामा मात्रै रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

पोखरामा रगत अभाव मंगलबार, कात्तिक १४, २०८० गण्डकी प्रदेशको राजधानी पोखरामा बिरामीका लागि रगत अभाव भएको छ । प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको जनाएको छ ।

स्थापनाको ३५ वर्षपछि रुकुम पश्चिम अस्पतालमा ब्लड बैंक सोमबार, कात्तिक १३, २०८० जिल्ला अस्पताल रुकुम पश्चिममा ब्लड बैंक स्थापना भएको छ । २०४५ सालमा स्थापना भएको अस्पतालमा ३५ वर्षपछि विभिन्न निकायको सहयोगमा ब्लड बैंक स्थापना गरिएको हो ।

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान शुक्रबार, कात्तिक १०, २०८० दसैँ सुरु भएदेखि नै रक्तदान लगायत रगत उपलब्ध हुने कार्यक्रम ठप्प भएपछि रगत अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ब्लड बैङ्कमा समेत रगतको अभाव भएको छ । रक्तदान नहुँदा रगतको अभाव चुलिएको नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सहमहामन्त्री मनोजकुमार थापाले जानकारी दिए ।

भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु शुक्रबार, कात्तिक १०, २०८० सबैतिर दसैँको टीका लगाइरहँदा भरतपुर अस्पतालमा २० शिशुको जन्म भएको छ। प्रसूतिका कारण टीका लगाउनसमेत छोडेर दुई चिकित्सकसहित दस स्वास्थ्यकर्मी खटिएका थिए ।

धौलागिरि अस्पतालमा जन्मियो ४ किलो ७५० ग्रामको बच्चा शुक्रबार, कात्तिक १०, २०८० बागलुङको धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ । बडादसैँका बेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा पनि विद्यमान स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिका वडा नम्बर ३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अहिलेसम्मको बढी तौल भएको बच्चालाई जन्म दिएकी हुन् ।

चिकित्सकको सामूहिक राजीनामापछि उपचार सेवा प्रभावित शुक्रबार, कात्तिक ३, २०८० लामो समयदेखि पदोन्नति नभएको भन्दै पदोन्नति गर्न गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए । उनीहरूको माग प्रतिष्ठानका पदाधिकारीले पूरा नगरेपछि काठमाडौं गएरसमेत दबाबमूलक आन्दोलन गरेका थिए ।

काभ्रेमा डेँगुको सङ्क्रमण फेरी बढ्यो आइतबार, असोज २८, २०८० काभ्रेमा फेरी डेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेँगु सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

उपराष्ट्रपति यादवलाई डेंगु, अस्पताल भर्ना बिहीबार, असोज २५, २०८० उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई डेंगु संक्रमण भएको छ ।

कास्कीमा डेंगु संक्रमण उच्च बुधबार, असोज २४, २०८० पछिल्ला दिनमा डेंगुको संक्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म एक हजार चार सय ८१ मा संक्रमण पुष्टि भएको छ । केही दिनयता पोखराका अस्पतालमा डेंगु भएर उपचारका लागि आउनेको सङ्ख्या दैनिक बढ्दै गएको जनाइएको छ ।

बाग्लुङमा डेंगु संक्रमण बढ्यो, परीक्षण गर्न किट अभाव बुधबार, असोज २४, २०८० जिल्लामा डेंगुको समस्या बढिरहेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.रविरञ्जन प्रधानले दैनिक डेंगुका बिरामी बढे पनि त्यसका लागि अत्यावश्यक रगत परीक्षण कीट नभएको बताएका छन् ।

सरकारले वीर अस्पतालका कर्मचारी किन हटायो ? यस्तो छ स्वास्थ्यमन्त्रीको भनाइ मंगलबार, असोज २३, २०८० स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब खुवाउन नसकेपछि वीर अस्पतालमा कार्यरत करारका कर्मचारी हटाइएको दाबी गरेका छन् ।