पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्कमंगलबार, मंसिर १९, २०८०

यस्ता छन् काठमाडौं महानगरमा नयाँ स्वास्थ्य केन्द्र आइतबार, मंसिर १७, २०८० काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको गौरवको योजना अन्तर्गत महानगरपालिकाका ३२ वटै वडामा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्ने कार्यक्रम कार्यान्वयनमा लगेको छ । कार्यक्रम अन्तर्गत अहिलेसम्म २४ वडामा पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको काठमाडौं महानगरपालिका, स्वास्थ्य सेवा विभागका विभागीय प्रमुख रामप्रसाद पौडेलले बताए ।

काठमाडौं महानगरपालिकामा अब सुर्तीजन्य पदार्थ बेच्न नपाइने बुधबार, मंसिर १३, २०८० महानगरले एक सूचना प्रकाशित गर्दै प्लास्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको सूचना प्रकाशित भएको मितिले १५ दिन पछि महानगरपालिका क्षेत्र भित्र बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाइने जनाएको हो ।

कोरोना सङ्क्रमणविरुद्धको बुस्टर डोजका लागि थप साढे तीन लाख खोप आयो सोमबार, मंसिर ११, २०८० कोरोना भाइरसको सङ्क्रमण विरुद्धको थप खोप आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नभए पनि दीर्घरोगी, विदेश जानका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याएको हो ।

स्वास्थ्यमन्त्री बस्नेतलाई पदमुक्त गर्न डा. केसीको माग आइतबार, मंसिर १०, २०८० यस्तै, केसीले चिकित्सा शिक्षा आयोग बनेको पाँच वर्षकै अवधिमा सन्तोषजनक रुपमा काम गरिरहेको बताएका छन् ।अधिकांश ग्रामीण क्षेत्रका मानिसहरू स्वास्थ्य सेवाबाट बञ्चित भएको, निःशुल्क औषधि सेवा उपलब्ध हुन नसकेको, हजारौं स्वास्थ्यकर्मीहरू बेरोजगार रहेको, श्रम शोषण रहेको, सरकारी स्वास्थ्य संस्थाको सङ्ख्यामा खासै वृद्धि नभएको, चार दशकअघिकै दरबन्दीमा स्वास्थ्य केन्द्र र अस्पताल...

रोजगारीका लागि बेलायत जान ७१ जना नर्स छनोट आइतबार, मंसिर १०, २०८० वैदेशिक रोजगार विभागले रोजगारीका लागि बेलायत जान आवेदन दिएका मध्ये ७१ जना नर्सको नाम छनोट गरेको छ । विभागले रोजगारीका लागि बेलायत जान आवेदन दिएका ७ सय ७१ जनाको लिस्टबाट ७१ जना छनोट गरेको हो ।

नयाँ दिल्लीको प्रदूषणस्तर निकै खराब, मास्क अनिवार्य गर्न निर्देशन शुक्रबार, मंसिर ८, २०८० नयाँ दिल्लीमा धुवाँ र प्रदूषणका कारण टाउको दुख्ने, थकान लाग्ने, सास फेर्न गाह्रो हुने जस्ता समस्यालाई सामान्य रुपमा हेर्नु पर्ने अवस्था बनेको छ । नयाँ दिल्लीको प्रदूषण अझै बढ्न सक्ने अनुमान गरिएको छ । अहिलेको प्रदूषणलाई सन् २०१६ को नोभेम्बर पछिको सबैभन्दा खतरनाक भनिएको छ ।

चीनका बालबालिकामा श्वासप्रश्वासको समस्या बिहीबार, मंसिर ७, २०८० त्यहाँका स्वास्थ्य अधिकारीले अधिकांश बालबालिकामा इन्फ्लुएन्जा जस्ता रोग फैलिरहेको बताएका हुन् । अहिले चीनमा देखिएको नयाँ लक्षणका विषयमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बेइजिङसँग रहस्यमय रोग भन्दै सो बारेमा जानकारी माग गरेको छ ।

अध्ययनको दाबी— ७४ प्रतिशत नेपाली पुरुष मदिरा पिउँछन् शनिबार, मंसिर २, २०८० स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समय अघि सार्वजनिक गरेको नतिजा अनुसार २० प्रतिशत पुरुषले दुईदेखि ३ पेग र ६ प्रतिशत पुरुषले चार पेग वा सो भन्दा बढी मदिरा सेवन गर्ने गरेका छन् । भने महिला भने महिनामा ११ प्रतिशतले मदिरा सेवन गर्ने तथ्यांक रहेको छ ।

प्रधानमन्त्री प्रचण्डद्वारा आँबुखैरेनीमा अस्पतालको उद्घाटन शुक्रबार, मंसिर १, २०८० सञ्चालनमा आएको एक वर्षपछि उक्त अस्पतालको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका हुन् ।

विचौलियाले अस्पताललाई बदनाम गरिरहेका छन् : मन्त्री बस्नेत शनिबार, कात्तिक २५, २०८० वीर अस्पताल सरसफाइ अभियानको शनिबार शुभारम्भ गर्दै मन्त्री बस्नेतले अस्पतालको तलब खाने तर व्यक्तिगत स्वार्थ पूरा नभएपछि अस्पताललाई नै गालीगलौज गरी बदनाम गर्ने, सञ्चारमाध्यममा गलत समाचार लेखाउन लगाउने अस्पताल भित्रैकै विचौलिया भएको बताए ।

‘अवैध’ अस्पतालले समस्या, लापर्बाहीले ज्यान गुमाउँदै बिरामीहरू बुधबार, कात्तिक २२, २०८० इमर्जेन्सी जनसेवा हस्पिटल बिर्तामा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि मृतकका आफन्त आक्रोशित भएका छन् । चन्द्रपुर नगरपालिका–७ बनबौहरीका इब्राहिम सिद्धिकीकी ३० वर्षीया श्रीमती नुर्जहान खातुनको पाठेघर अप्रेसन गर्ने क्रममा मृत्यु भएपछि आफन्त आक्रोशित भएका हुन् । चिकित्सकको लापरबाहीका कारण श्रीमतीको मृत्यु भएको श्रीमान् इब्राहिमले आरोप लगाएका छन् ।

पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प मंगलबार, कात्तिक २१, २०८० गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले हातपात गरेपछि आन्दोलित आवासीय चिकित्सकले अस्पतालको सेवा ठप्प पारेका हुन् ।