नेपालमा पहिलो पटक कोरोनाको जेएन.१ भेरियन्ट संक्रमण पुष्टिसोमबार, पुस २३, २०८०

भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण, नाकामा कोरोना परीक्षण अनिवार्य सोमबार, पुस २३, २०८० हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको कैलालीस्थित गौरिफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए । ‘भारतबाट आउनेहरूमा कोरोना सङ्क्रमण छ/छैन जाँच्न एन्टिजेन परीक्षण गरिरहेका छौँ,’ उनले भने, ‘अहिलेसम्म १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ ।’

वार्षिकोत्सवको अवसरमा ग्लोबल आईएमई बैंकले चलायो मधेस र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर आइतबार, पुस २२, २०८० बैंकले मधेश प्रदेश अन्तर्गत सिरहाको सुखीपुर स्वास्थ्य चौकीमा र गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित पोखरे आधारभुत विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । सुखीपुर स्वास्थ्य शिविरमा १७० र पोखरे आधारभुत विद्यालयमा १८० भन्दा बढि महिलाको स्वास्थ्य चेकजाँच गरिएको बैंकले जनाएको छ । शिविरबाट महिलाहरू प्रत्यक्षरूपमा लाभान्वित भएका बैंकको विश्वास छ ।

ग्लोबल आईएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर, ग्रामीण भेगका महिला बढी लाभान्वित बिहीबार, पुस १९, २०८० ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकको लुम्बिनी र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्यो, सतर्कता अपनाउनू : स्वास्थ्य मन्त्रालय बुधबार, पुस १८, २०८० कोभिड—१९ को सब भेरियन्ट जेएन.१ संक्रमण दर उच्च हुनुको साथै विश्वव्यापी रुपमा बढ्दो छ । छिमेकी देश भारतमा पनि यसको संक्रमण पुष्टि भइसकेको छ । नेपालमा पुष्टि नभइसके पनि संक्रमण फैलिने जोखिम छ । त्यसैले स्वास्थ्य मन्त्रालयले भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम...

सुर्तीजन्य पदार्थ बिक्रीमा विराटनगर महानगरको कडाइ, ५९ किलो नष्ट गरियो बिहीबार, पुस १२, २०८० पछिल्लो समय महानगरले सुर्तीजन्य पदार्थ बिक्रीवितरण र सेवनमा कडाइ गरेको छ । महानगरले ऐन नै बनाएर सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य पदार्थको प्रयोगले मानवीय स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै महानगरको सरसफाइमा समेत समस्या देखिएकाले प्रतिबन्ध लगाउनुपरेको मेयर नागेश कोइरालाले बताए ।

भारतबाट फर्किएकामा देखिन थाल्यो कोरोना सङ्क्रमण बुधबार, पुस ११, २०८० सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा फेरी कोरोना सङ्क्रमण देखिन थालेको छ । पढाई तथा रोजगारीको खोजीमा भारतका विभिन्न ठाउँ पुगेर स्वदेश फर्कनेहरूमा फेरी कोरोना भाइरस देखिन थालेको हो ।पछिल्लो डेढ सातायता नियमित रुपमा एकदेखि तीन जना सम्ममा दैनिक रुपमा कोराना भाइरस पुष्टि हुन थालेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले...

गठिया बाथको लक्षण तथा उपचार विधि मंगलबार, पुस १०, २०८० शरीरको रोग प्रतिरोधात्मक शक्तिले आफ्नै शरीरको अङ्गलाई असर पुर्याउने रोग बाथ रोग हो । तपाईँमा जोर्नी दुख्ने तथा सुन्निने समस्या छ भने त्यो बाथ रोगको लक्षण हुनसक्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् । हात, गोडा चिसिनु तथा सुन्निनु यस रोगका प्रारम्भिक लक्षण हुन । जोर्नी दुखाइको समस्यामा जीवनशैली परिवर्तन...

नेपालमा बढ्यो कन्डमको प्रयोग, यी चार देशबाट हुन्छ आयात मंगलबार, पुस १०, २०८० भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा १ करोड ९४ लाख प्याकेट कन्डम नेपाल भित्रिएको छ । यस्तै, यसबापत राज्यकोषमा २४ हजार रुपैयाँ कर दाखिला भएको तथ्याङ्क विभागले सार्वजनिक गरेको छ । नेपालमा विशेष गरी चार वटा देशबाट कन्डमको आयात हुने गरेको छ ।

रम्बा चाउचाउमा न्यूनस्तरको खाद्य पदार्थ भेटियो आइतबार, पुस ८, २०८० पोखरा नुडल्सको रम्बा चाउचाउमा न्यूनस्तरको खाद्य पदार्थ भेटिएको छ । म्याग्दीको किराना पसलमा केही महिना अगाडि न्यूनस्तरको खाद्य पदार्थ भेटिएको थियो ।

नेपाल फर्मा एक्स्पोको नवौँ संस्करण आगामी फागुन २५ देखि चितवनमा हुने शुक्रबार, पुस ६, २०८० नेपालमा औषधि उद्योगको दिगोपन र वृद्धिका लागि अगुवाइ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको एक्सोमा १५० बढी स्टल रहने बताइएको छ । जसमा नेपाल सहित भारत, सिंगापुर, बङ्गलादेशका कम्पनीहरूको बाहुल्यता रहने छ ।

के नेपालमा कोरोनाको नयाँ भेरियन्ट भित्रिएको हो? शुक्रबार, पुस ६, २०८० भारतको केरला र नयाँदिल्लीमा नयाँ भेरियन्टबाट प्रभावित केही व्यक्ति फेला परेको समाचार आइरहेको तर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचेत रहेको प्रवक्ताले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अहिले भारतमा फेला परेका व्यक्तिमा पनि घातक असर नपाइएको र नेपालमा भित्रिनसकेको बताए ।

काठमाडौंका दुई औषधि पसलमा सिलबन्दी बिहीबार, पुस ५, २०८० बुधबार अनुगमनका क्रममा महानगरपालिकाको पूर्वसूचना बमोजिम नगरिएको र दर्तासमेत नरहेको पाइएपछि महानगरपालिकाले दुई वटा औषधि पसलको सटक सधैँका लागि बन्द गरिदिएको हो ।