अटिजम समस्या गाउँमा भन्दा सहरमा बढिबुधबार, पुस ४, २०८०

मस्तिष्क पक्षाघात भएका बालबालिकाको स्वास्थ्य पुनःस्थापना नेपालमै सम्भव छ : अभियन्ता कार्की मंगलबार, पुस ३, २०८० शारीरिक अपाङ्गता भएका बालबालिकाहरूको क्षेत्रमा विगत २० वर्षदेखि निरन्तर काम गर्दै आएकी अभियन्ता रमा कार्कीले मस्तिष्क पक्षाघात भएका बालबालिकाको जीवन सहज बनाउन सर्वाङ्गीण स्वास्थ्य पुनःस्थापना नेपालमै सम्भव भएको बताएकी छन् । उनले बालबालिकालाई गुणस्तरीय स्वास्थ्य आवश्यक रहेपनि त्यसमा सरोकारवाला निकायले ध्यान नपुर्याउँदा अपांगता भएका बालबालिका मारमा परेको बताइन् ।
-1702883898.jpg)
ललितपुर महानगरपालिकामा स्वास्थ्य बीमा सुरु सोमबार, पुस २, २०८० स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षा अन्तर्गतको कार्यक्रम हो । ५ जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँ, ६ देखि ७ जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ४ हजार ७ सय र १० जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ७ हजार रुपैयाँमा स्वास्थ्य बीमा गर्न सक्छन् ।

विश्वमा वार्षिक ८७ लाख मानिसको धूम्रपानका कारण मृत्यु आइतबार, पुस १, २०८० धूम्रपानको सेवनले फोक्सोको क्यान्सर, मुटुरोग लगायतका रोगहरू लाग्दछ भन्ने त सबैलाई थाहा छ । धुम्रपानले मस्तिष्कलाई संकुचित बनाउँछ र यो लतले मस्तिष्कको समयपूर्व बुढ्यौली निम्त्याउँछ । धूम्रपान छाड्दा मस्तिष्कको तन्तुलाई हुने थप क्षतिबाट जोगाउन सकिन्छ । तर मस्तिष्क पुरानै आकारमा फर्किँदैन भन्ने एक अध्ययनले देखाएको छ ।

एकपटक रेफर गरेका बिमित बिरामीले पुनः रेफर पुर्जी लिन नपर्ने शनिबार, मंसिर ३०, २०८० स्वास्थ्य बीमा बोर्डले अब एकपटक रेफर भई आएका बिमित बिरामीलाई सोही रोगका लागि फेरि रेफर पुर्जी लिन नपर्ने व्यवस्था गरेको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक डा मदनकुमार उपाध्यायले कुनै रोगका लागि एकपटक रेफर गरेपछि फलोअपमा अर्को कुनै रोगका लागि फरक अस्पतालमा जानका लागि रेफर लिन नपर्ने निर्णय गरेको हो...

चिसोमा दही कसरी खाने ? शनिबार, मंसिर ३०, २०८० दूध र दूधजन्य पदार्थ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । दही पनि एक दुग्ध उत्पादन हो, जसले पेट सम्बन्धी रोगहरू छिटो निको पार्छ । तपाईँले देख्नु भएको होला कि पेट सम्बन्धी कुनै रोग लाग्दा चिकित्सकहरूले दही खाने सल्लाह दिन्छन् । दहीमा क्याल्सियम, प्रोटिन, भिटामिन बी १२, पोटासियम, म्याग्नेसियमका साथै धेरै...

अनशन बस्दै डा. गोविन्द केसी शुक्रबार, मंसिर २९, २०८० चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आजदेखि सत्याग्रह सुरु गर्ने भएका छन् ।सरकारले विगतमा पटकपटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै शुक्रबार केसीले पत्रकार सम्मेलन गर्दै बेलुकी ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेको बताए ।

सुर्तीजन्य पदार्थ बेचबिखन निगरानी गर्न काठमाडौंका मुख्य चोकमा नगर प्रहरी परिचालन बिहीबार, मंसिर २८, २०८० काठमाडौं महानगरपालिकाले बिहीबारदेखि शहरका पसलहरूमा सुर्तीजन्य पदार्थ बेचबिखन भएनभएको निगरानी गर्न जनशक्ति परिचालन गरेको बताएको छ । कोटेश्वर, बालाजु, महाराजगञ्ज, चाबहिल र गौशाला क्षेत्रमा महानगर प्रहरीले लुकाएर बिक्री गरिरहेका पसलहरूमा गएर पहिलो पटकलाई सचेत गराइरहेको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले बताए ।

काठमाडौंमा सुर्तिजन्य पदार्थ बिक्रीमा पूर्ण प्रतिबन्ध, नगर प्रहरी परिचालन बिहीबार, मंसिर २८, २०८० सार्वजनिक स्थलको १ सय मिटर वरपर बसेर धूम्रपान गरेको भेटिए एक सय रुपैयाँ जरिवाना गर्ने जनाएको छ । तर, काठमाडौं महानगरपालिकाले चालेको यो कदमप्रति व्यवसायी भने असन्तुष्ट देखिएका छन् । बजार नभएको यो अवस्थामा महानगरले चालेको कदमले नेपालकै अर्थतन्त्रमा प्रभाव पर्ने कतिपय व्यापारीहरूको भनाई छ ।

चार औषधिको उत्पादन तत्काल रोक्न निर्देशन मंगलबार, मंसिर २६, २०८० औषधि व्यवस्था विभागले चार औषधिको उत्पादन तत्काल नगर्न निर्देशन दिएको छ ।विभागले एसिक्लोफेनेक, लिनाग्लिप्टिन, लिनाग्लिप्टिन एन्ड मेट्फर्मिन र रिभरोक्सबान नामक औषधिको उत्पादन रोक्न निर्देशन दिएको हो ।

३०० भन्दा बढी शय्या भएका अस्पताललाई एमबीबीएस पढाउन दिने सरकारको तयारी सोमबार, मंसिर २५, २०८० स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा लागेको बताएका छन् । सोमबार चितवनमा पत्रकारसँग उनले ऐन संशोधनका विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको जानकारी दिए । चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले नेपालमा स्वास्थ्य शिक्षा जुन ढंगले अघि बढ्नुपर्ने हो त्यसरी बढ्न नसकेको मन्त्री बस्नेतको भनाइ थियो ।

कानुनअनुसार औषधि पसल सञ्चालन गर्न काठमाडौं महानगरपालिकाको निर्देशन बुधबार, मंसिर २०, २०८० काठमाडौं महानगरपालिकाले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ । मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत मंसिर २९ गतेभित्र नियमानुसार दर्ता, चिकित्सकको प्रेस्क्रिप्सनबाट मात्रै औषधिको कारोबार गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री श्रेष्ठको मुटुमा फेरि समस्या, स्वास्थ्य स्थिर बुधबार, मंसिर २०, २०८० उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ । मंगलबार बेलुकी गङ्गालाल हृदय केन्द्र बाँसबारीमा उनको शल्यक्रिया गरिएको हो । गृह मन्त्रालयका अनुसार अहिले उनको अवस्था स्थिर छ ।