स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्छ : प्रधानमन्त्रीआइतबार, माघ १४, २०८०

चोकोफन बिगफन अब नयाँ प्याकमा आइतबार, माघ १४, २०८० चोकोफन बिगफन चकलेटले भरिएको क्रिस्पी, क्रन्ची चारवटा तहबाट बनेको छ । त्यसमाथि भेनिल्ला स्टाइप्स हुने भएकाले स्वादले उपभोक्तालाई अधिक रमाइलो र आनन्द प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कटन क्यान्डी बिक्रीवितरण गरे पाँच हजारदेखि दुई लाखसम्म जरिवाना शनिबार, माघ १३, २०८० शनिबार एक सार्वजनिक सूचना जारी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा नमूना परीक्षण गराउँदा प्रयोगशालाको विश्लेषण प्रतिवेदनमा क्यान्डीमा अखाद्य रङ ’रोडामाइन बी’ पाइएको भन्दै महानगरले क्यान्डीको बिक्रीमा रोक लगाएको हो ।

मुगुको पुरुमुरु गाउँमा भाइरल ज्वरोको प्रकोप, एउटै वडाका ३ जनाको मृत्यु, पालिकाभर बिरामी बिहीबार, माघ ११, २०८० उनका अनुसार भाइरल ज्वरोका कारण ७२ वर्षीय हरिबहादुर शाही, ७५ वर्षीया कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको हो । ‘सुरुमा रुघाखोकी लागेको थियो । नजिकै मेडिकलबाट औषधि ल्याएर खुवाँउदा पनि ज्वरो निको नभएपछि जिल्ला अस्पताल लैजाँदै थियौँ,’ कुसुमका ससुरा सलबहादुर ढोलीले भने, ‘अस्पताल पुर्याउनै पाएनौँ ।’ कुसुम...

भारतमा बढे कोरोना संक्रमित आइतबार, माघ ७, २०८० भारतमा कोरोना भाइरसको नयाँ सबफर्म जेएन.१ का दुई सय ९० नयाँ संक्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना सङ्क्रमणको उपचार गराइरहेका बिरामीको संख्या दुई हजार ५९ पुगेको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार २४ घण्टामा कोभिड–१९ का ६ जना बिरामीको मृत्यु पनि भएको छ...

झापामा भेटिइन् दादुरा संक्रमित बालिका शुक्रबार, माघ ५, २०८० बिर्तामोड नगरपालिका–३ की ५ वर्षीया बालिकामा दादुरा संक्रमण पाइएको हो । लक्षण देखिएपछि उनलाई उपचारका लागि बिर्तामोड नगर अस्पतालमा राखिएको छ । उनको रगत परीक्षण गर्दा दादुरा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री दाहालद्वारा बीपी प्रतिष्ठानको समस्या समाधान गर्न निर्देशन मंगलबार, माघ २, २०८० प्रधानमन्त्री दाहालको बोलावटमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । त्यहाँ दुवैलाई प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

आन्दोलनका कारण बीपी प्रतिष्ठानको उपचार सेवा प्रभावित मंगलबार, माघ २, २०८० चिकित्सक र कर्मचारीहरूको आन्दोलनका कारण सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा प्रभावित बनेको छ । चिकित्सक र कर्मचारीहरू आइतबारदेखि काम छाडेर आन्दोलनमा उत्रिएपछि स्वास्थ्य उपचार सेवा प्रभावित बनेको हो । ‘रिफरल अस्पताल’ का रुपमा रहेको प्रतिष्ठानमा पूर्वका धेरै स्थानबाट उपचारका लागि बिरामीहरू पुग्ने गरेका छन् ।

बालबालिका र वृद्धवृद्धालाई निमोनियाबाट कसरी जोगाउने ? मंगलबार, माघ २, २०८० कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई यो मौसममा फोक्सोको सङ्क्रमणका कारण निमोनियाको जोखिम हुन्छ । निमोनियासँगै श्वासप्रश्वाससम्बन्धी अन्य रोगले पनि शरीरमा चाँडै आक्रमण गर्छ । यस्तो अवस्थामा बर्सेनि जाडोयाममा अस्पतालमा निमोनिया र श्वासप्रश्वासका बिरामीको चाप बढेको हुन्छ ।

डिप्रेसनको उपचारपछि पनि किन आत्महत्या? शनिबार, पुस २८, २०८० डिप्रेसन (अवसाद) बाट ग्रसित व्यक्तिहरूले ४ वर्षको अवधिमा आत्महत्या गरेको एक अध्ययनले देखाएको छ । डिप्रेसनले छोएपछि उपचारबाट केही सुधार भएपनि उनीहरूले आत्महत्या गरेको कोरियन फाउन्डेसन फर सुसाइट प्रिभेन्सनले गरेको अध्ययनले स्पष्ट पारेको छ ।

वीर अस्पतालको सेवा गुणस्तरीय र सुलभ बनाउन प्रधानमन्त्रीको निर्देशन बिहीबार, पुस २६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् । बुधबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीसँग छलफलमा गर्दै प्रधानमन्त्री दाहालले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि वीर अस्पतालको...

कोशीमा ‘जलन अस्पताल’ निर्माण हुने बुधबार, पुस २५, २०८० अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन ट्रष्टले गर्ने कार्यकारी निर्देशक प्रधानले बताएका हुन् । उनले प्रदेश सरकारले अस्पताल निर्माणका लागि अनुदान सहयोग गरेबापत कोशी प्रदेशका बिरामीलाई सहज र सुलभ रूपमा उपचार सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख छ । उक्त अस्पतालले जलनसम्बन्धी विशेषज्ञ र विशिष्टीकृत सेवा प्रदान गरिने समेत...

फैलिँदै कोरोनाको नयाँ भेरियन्ट, रोकथामका लागि के गर्दै छ सरकार? मंगलबार, पुस २४, २०८० छिमकी मुलुक भारतमा प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस ओमिक्रोनको नयाँ सब–भेरिअन्ट जेएन=१ नेपालमा पहिलोपटक पुष्टि भएको छ ।विभिन्न देशबाट फरक फरक उमेरका व्यक्तिहरूबाट संकलित १६ वटा पीसीआर र एन्टीजेन पोजिटिभ नमुनाहरूमाथि गरिएको परीक्षणमा ७ जनामा यो संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।