News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
चोकोफन बिगफन अब नयाँ प्याकमा​​

काठमाडौं— चोकोफन बिगफनलाई नयाँ प्याकमा बजारमा ल्याएको छ । सुजल फुड्स प्रालिले आफ्नो उत्कृष्ट उत्पादन चोकोफन बिगफन नयाँ प्याकमा बजारमा ल्याएको छ । ​​

चोकोफन बिगफन चकलेटले भरिएको क्रिस्पी, क्रन्ची चारवटा तहबाट बनेको छ । त्यसमाथि भेनिल्ला स्टाइप्स हुने भएकाले स्वादले उपभोक्तालाई अधिक रमाइलो र आनन्द प्रदान गर्ने कम्पनीले जनाएको छ । 

Prabhu Bank

आकर्षक चम्किलो रातो र सुनौलो रंगमा आएको चोकोफन बिगफनको नयाँ प्याकेजिङले उपभोक्ताको रुचि र प्राथमिकतालाई सम्बोधन गर्ने कम्पनीले जनाएको छ ।​ चोकोफन बिगफन १५ ग्राममा उपलब्ध छ । जसको मूल्य १० रुपैयाँ राखिएको छ। यो प्रोडक्ट जार र प्याकेटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

कम्पनीले यसको उत्पादन संसारकै अत्याधुनिक प्रविधिको अटोमेटिक मसिनरीबाट स्वस्थकर वातावरणमा हुने उल्लेख गर्दै अन्तराष्ट्रिय  गुणस्तरको उत्कृष्ट चकलेट तथा अन्य कच्चा पदार्थ प्रयोग गरिने भएकोले गुणस्तर र स्वादमा एकरूपता हुने दाबी गरेको छ । 

सुजल फूड्स प्रालि नेपालको अग्रणी कन्फेक्सनरी कम्पनी पनि हो, जुन आईएसओ २२०००:२०१८ प्रमाणित छ ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १०:०९
Weather Update