News Griha :: न्यूजगृह
नयाँ दिल्लीको प्रदूषणस्तर निकै खराब, मास्क अनिवार्य गर्न निर्देशन

काठमाडौं— भारतको राजधानी नयाँ दिल्ली पछिल्लो तीन दिनदेखि धुवाँको तुवाँलोमा रुमल्लिएको छ । जसका कारण मानिसहरूले केही मिटर टाढा पनि स्पष्ट रूपमा देख्न नसक्ने अवस्था भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

नयाँ दिल्लीमा धुवाँ र प्रदूषणका कारण टाउको दुख्ने, थकान लाग्ने, सास फेर्न गाह्रो हुने जस्ता समस्यालाई सामान्य रुपमा हेर्नु पर्ने अवस्था बनेको छ । नयाँ दिल्लीको प्रदूषण अझै बढ्न सक्ने अनुमान गरिएको छ । अहिलेको प्रदूषणलाई सन् २०१६ को नोभेम्बर पछिको सबैभन्दा खतरनाक भनिएको छ ।

नयाँ दिल्लीमा लगातार प्रदुषणको स्तर बढ्दै गएपछि केही दिनका लागि दिल्लीबाट टाढा जान विज्ञहरूले सुझाव दिएका छन् । यदि दिल्लीभन्दा टाढा जान नथाक्नेहरूले भने मास्क लगाएर मात्रै यात्रा गर्न अनुरोध गरेका छन् । 

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी)को एयर बुलेटिन अनुसार बिहीबार राजधानीको एक्यूआई ३९० थियो । राजधानीका धेरै ठाउँमा प्रदूषणको अवस्था गम्भीर छ । सबैभन्दा प्रदूषित स्थानहरूमा, अलीपुरको एक्यूआई ४२३, पन्जाबी बाग ४२५, नेहरू नगर ४२८, सोनिया विहार ४२०, जहाँगीरपुरी ४३४, रोहिणी ४२०, विवेक विहार ४२४, वजिरपुर ४३१, बवाना ४४४ थियो । राजधानीका १५ स्थानमा प्रदूषणको स्तर निकै माथि पुगेको छ । 

भारतको मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण अनुसार नोभेम्बर २४ (आज) पनि प्रदूषणको स्तर निकै खराब रहन सक्छ ।  

 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ०९:३२
Weather Update