News Griha :: न्यूजगृह
चीनका बालबालिकामा श्वासप्रश्वासको समस्या

काठमाडौं— चीनमा पछिल्लो समय बालबालिकामा नयाँ लक्षण देखिएको छ ।

त्यहाँका स्वास्थ्य अधिकारीले अधिकांश बालबालिकामा इन्फ्लुएन्जा जस्ता रोग फैलिरहेको बताएका हुन् । अहिले चीनमा देखिएको नयाँ लक्षणका विषयमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बेइजिङसँग रहस्यमय रोग भन्दै सो बारेमा जानकारी माग गरेको छ ।

अहिले चिनियाँ अस्पतालहरू बिरामी बच्चाहरूले भरिएका छन् । अस्पताल पुगेका बालबालिकालाई श्वासप्रश्वासको समस्या देखिएको छ । नेशनल हेल्थ कमिसनका चिनियाँ अधिकारीहरूले नोभेम्बर १२ मा पत्रकार सम्मेलन गरेर चीनमा श्वासप्रश्वाससम्बन्धी रोग बढ्दै गएको बारे जानकारी भने गराइसकेका थिए । 

डब्ल्यूएचओले बालबालिकामा देखिएको यो रोग कोभिड–१९ का कारण आएको हुन सक्ने अनुमान गरेको छ । बालबालिकामा देखिएको समस्यालाई कोभिडसँग जोडेर अध्ययन गर्नु पर्नेमा डब्ल्यूएचओले जोड दिएको छ ।

बिरामी बालबालिकाका परिवारलाई उद्धृत गर्दै चिनियाँ समाचार च्यानलले यस रोगको कुनै नयाँ लक्षण नदेखिए पनि बालबालिकाको शरीरको तापक्रम निरन्तर बढ्दै जाने र फोक्सोमा गाँठो बन्ने गरेको बताएका छन् ।  

चाइनाडेलीका अनुसार चीनमा श्वासप्रश्वासको संक्रमण बढ्दै गएपछि विद्यालयहरू बन्द गरिएका छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १०:२९
Weather Update