सुरक्षा माग गर्दै केएमसीका चिकित्सक दोस्रो दिन पनि आन्दोलनमासोमबार, असोज १५, २०८०

काठमाडौमा बढे डेँगुका बिरामी, अझै एक महिना जोखिम शुक्रबार, असोज १२, २०८० एक हप्तादेखि महानगरका ३२ वटै वडामा डेँगुका बिरामी बढेका महानगर स्वास्थ्य विभागले जानकारी दिएको छ । विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो सातासम्म डेँगुका बिरामी नगन्य मात्रामा थिए तर अहिले विस्तारै बिरामी बढिरहेका छन् ।

शान्ति सुरक्षाका लागि डाक्टरसँग स्वास्थ्य मन्त्रालयले समन्वय गरिरहेको छ : स्वास्थ्यमन्त्री शुक्रबार, असोज १२, २०८० स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा विकास गर्नु सबैको दायित्व भएको बताएका छन् ।प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चिकित्सकमाथि हुने गरेको दुर्व्यवहारको सम्बन्धमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित संघ संस्थासँगको छलफलमा उनले सो कुरा बताएका हुन् ।

वंशाणुगत रोग नियन्त्रणमा पशु चिकित्सकको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री श्रेष्ठ शुक्रबार, असोज १२, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वंशाणुगत रोग नियन्त्रणका लागि पशु चिकित्सकको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

मुटु स्वस्थ राख्न अपनाउनुस् यी तरिका शुक्रबार, असोज १२, २०८० आज विश्व मुटु दिवस । विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो । मुटु एउटा सानो पम्पजस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइरहन्छ...

बेनी अस्पतालमा ‘बेड’ थपियो, जनशक्ति थपिएन बिहीबार, असोज ११, २०८० बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ । क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको हो ।

डेंगुको प्रकोप बढेपछि तनहुँमा सचेतना अभियान सुरु बुधबार, असोज १०, २०८० तनहुँ— डेंगुको प्रकोप बढ्दै गएपछि तनहुँका विद्यालमा सचेतना अभियान सुरु गरिएको छ । तनहुँको सदरमुकाम दमौली अस्पताललगायत जिल्लाका अस्पताल तथा क्लिनिकमा डेंगुका बिरामी बढेपछि व्यास नगरपालिकाले विद्यालय विद्यालयमा स्वास्थ्यकर्मीमार्फत सचेतना प्रदान गर्न थालेको छ ।

आन्दोलनरत चिकित्सकलाई स्वास्थ्यमन्त्रीले भने— सुरक्षाको जिम्मा सरकारले लिन्छ, काममा फर्कनुहोस् बुधबार, असोज १०, २०८० स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् ।बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए ।

तनहुँमा डेंगु संक्रमणबाट तीन जनाको मृत्यु मंगलबार, असोज ९, २०८० डेंगु संक्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् ।नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास–१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ गते...

भाइरल ज्वरोका बिरामी बढ्दै सोमबार, असोज ८, २०८० हेटौँडा उपमहानगरपालिका क्षेत्रका विभिन्न वडामा अहिले भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा अहिले दैनिक एक सय ५० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका अस्पतालले जनाएको छ ।

सुत्केरीलाई कुखुरा वितरण आइतबार, असोज ७, २०८० भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहको ‘आफैँ पाल्दै आफैँ खादै’ कार्यक्रम प्रभावकारी बनेको छ । गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सो कार्यक्रम सञ्चालनमा आएको थियो ।यो अभियानअन्तर्गत सबै छवटै वडाका गर्भवती तथा सुत्केरीलाई एउटा भाले, दुई वटा पोथी कुखुरा वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

चिकित्सा शिक्षा ऐन संशोधन आवश्यक छ : स्वास्थ्यमन्त्री बस्नेत शुक्रबार, असोज ५, २०८० स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमा उनले कमिकमजोरीलाई हटाएर स्वास्थ्यकर्मी देशमा उत्पादन गर्नुपर्ने भन्दै चिकित्सा शिक्षा ऐन संशोधन गर्न आवश्यक रहेको बताएका हुन् ।

बिर्सने समस्याले निम्त्याउन सक्छ ‘मृत्यु’, के हो अल्जाइमर्स? बिहीबार, असोज ४, २०८० यो रोग लागेपछि बिस्तारैबिस्तारै मस्तिष्कका कोषहरू मर्दै जान्छन् । जसका कारण बिस्तारै बिर्सने, भुल्ने, नचिन्ने हुन्छ । यो रोगले बढ्दै जाने र लामो समयसम्म लागिरहने तथा अन्त्यमा अत्यन्त कठोर भएर बिरामीलाई सिकिस्त बनाइदिन्छ । पछिल्लो समय यो रोग लाग्नेहरूको संख्या बढ्दो क्रममा रहेको डा. जीपी अग्रवालले बताउँछन् ।