News Griha :: न्यूजगृह
आज र भोलि बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै

काठमाडौं— आज  र भोलि सरकारले सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दैछ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरूलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ ।

यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरूलाई जुकाको औषधि खुवाइने छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आएपनि यस वर्ष दसैँ परेको कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको हो ।

महाशाखा प्रमुख डा. विवेकलाल कर्णका अनुसार आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ ।  सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम र जुकाको औषधि २०५६ सालबाट खुवाउन थालेको हो ।

यो कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मीलाई परिचालन गरिने डा. लालले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउन यसअघि नै सातवटै प्रदेश सरकार अन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई परिपत्र गरेको थियो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ०७:२६
Weather Update