डढेलोले निम्त्यायो काठमाडौंमा प्रदूषण, पानी नपरि हट्ने छैनसोमबार, वैशाख ४, २०८०

प्रकाश सपूतलाई प्रश्न: ‘के रातीमा काम गर्ने सबैको चरित्र नराम्रो हुन्छ ?’ सोमबार, वैशाख ४, २०८० प्रकाश सपूत विवादमा तानिएको यो पहिलोपटक भने होइन । पछिल्लो पटक उनकै शब्द, संगीत र गायनमा सार्वजनिक गीत ‘पीर’को भिडिओमा पनि सपूतले अयोग्य माओवादी छापामारले यौन व्यवसायमा लागेर बाँच्नुपरेको यथार्थ देखाएका थिए । तत्कालीन समयमा माओवादी पार्टीबाट चर्को दबाब आएपछि सपूतले भिडिओ पुनः सम्पादन गरेर युट्युबमा अपलोड गर्नुपरेको थियो ।

जगदम्बा स्टिल्सले तिरेन ४ अर्ब विद्युत् महसुल सोमबार, वैशाख ४, २०८० बाराको सिमरामा रहेको जगदम्बा स्टिल्सको उद्योगले डेडिकेटेड लाइनमार्फत उपभोग गरेको विद्युत्को महसुल नतिरेको करिब १ दशक पुग्न थाल्यो । २०७२/०७३ यता डेडिकेटेड लाइनबापतको विद्युत् महसुल यो ग्रुपले तिरेको छैन । देशकै सबैभन्दा ठूला स्टिल उत्पादक कम्पनीले लामो समयदेखि महसुलबापतको ठूलो धनराशी नतिर्दा पनि प्राधिकरणले लाइन काट्न सकेको छैन ।

के रामले सीतालाई छोडेका हुन् ? आइतबार, वैशाख ३, २०८० लाटा धर्मलाई पुलको रूपमा लिन्छन् । ‘नेपाल र भारतबीच अभिन्न सम्बन्ध छ,’ उनले भने, भारतमा रहेका शंकर भगवान्का भक्त नेपालको पशुपतिनाथको दर्शन नगरेसम्म पूरा हुँदैन भनेर हाम्रो गुरु शंकाराचार्यले भन्नुहुन्थ्यो । नेपाली भक्तहरू भारतको काशी, रामेश्वरम् दर्शन गर्न आउँछन् । धर्म एकताको प्रतीक हो ।’

मुगुमा पहिलो अदालती विवाह : ७० वर्षीय पुरुषले गरे ४२ वर्षीया महिलासँग बिहे आइतबार, वैशाख ३, २०८०

परराष्ट्रमा चुनौतीको चाङ, गर्लान् मन्त्री साउदले कायापलट ? आइतबार, वैशाख ३, २०८० आईपीएस चीनलाई कमजोर बनाउन केन्द्रित छ भने चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अमेरिकी प्रभुत्व घटाउन लक्षित छ । चीन अमेरिकाको स्वार्थसँग नेपालको स्वार्थ हेरेर पञ्चशीलको आधार तयार पारिएको हाम्रो असंलग्न परराष्ट्र नीति कार्यान्वयन गराउन मन्त्री साउदको कुशलता हेरिनेछ ।

सगरमाथा आरोहणको ७०औँ वर्षगाँठ मनाइँदै शनिबार, वैशाख २, २०८० विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकेको ७० वर्ष पुगेको छ । दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारी २९ मे १९५३ मा सगरमाथाको शिखरमा पुगेका थिए । एनएमएका पूर्वअध्यक्ष एवं प्रमुख सल्लाहकार आङछिरिङ शेर्पाका अनुसार २९ मे मा सोलुखुम्बुको खुम्जुङमा विशेष कार्यक्रम हुनेछ । त्यहाँ...

डिजिटल तानाशाही युगको सुरुआत शनिबार, वैशाख २, २०८० बाहिर हेर्दा टिकटक भर्सेज अमेरिका सरकार देखिए पनि खासमा यो टिकटक भर्सेज फेसबुक हो । १५० मिलियन अर्थात् अमेरिकामा कुल जनसङ्ख्याको आधाले टिकटक एप चलाउँछन् । छोटो समयमा टिकटक प्रयोगकर्ता बढेपछि फेसबुकका सीईओ मार्क जुकरबर्गले टिकटकलाई अमेरिकाबाट हटाउन लबिङसमेत गरेका थिए ।

‘फूलमाया’ जसले कुसुमलाई सकम्बरी बनायो, त्यो दृश्य जसले कुसुमकी आमालाई रुवायो... शनिबार, वैशाख २, २०८० कुसुम शर्मा र ‘शिरीषको फूल’की चर्चित पात्र सकम्बरीबीच दुई चिज ठ्याक्कै मिल्छन् । सकम्बरीकै जस्तो कुसुमको कपाल छोटो र आफ्नै संसारमा रमाउने स्वभाव । आफूलाई लागेको कुरा फ्याट्टै बोल्छिन् । फरासिली कुसुम सकम्बरीझैं उन्मुक्त हाँस्छिन् ।

छापादेखि एपसम्म तोयनाथ पात्रोको यात्रा शुक्रबार, वैशाख १, २०८० पहिलोपटक पात्रो प्रकाशन गरी छापादेखि डीजीटलसम्मको यात्रा गरेको तोयनाथ पञ्चाङ्गको यहाँ चर्चा गरौं । सूर्यनाथ पन्तको परिवारले करिब सात पुस्तादेखि ज्योतिष पञ्चाङ्ग अर्थात् पात्रो बनाउँदै आएको छ । बाजे तोयनाथ पन्तले विक्रम संवत् १९४६ मा तोयनाथ पञ्चाङ्गको नाममा भारतमा पात्रो छपाएका थिए । त्यसबेला बनारसबाट छपाएर ल्याएको सो पात्रो छिमेकी...

आक्रोशित बालेन, उदासीन सरकार : प्रश्न छ, छैन जवाफ बिहीबार, चैत ३०, २०७९ फोहोर नउठाएरै समस्याको समाधान होला ? अँह, पक्कै हुँदैन । बालेनले आफ्नो दायित्व बिसर्न र जिम्मेवारीबाट पन्छिन हुन्न । नेपालीमा एउटा उखान छ नि बैगुनीलाई गुनले मार्नुपर्छ । हो, यो शैली बालेनले अवलम्बन गर्नुपर्छ ।

२०७९ : आगलागी, भूकम्प र बाढीपहिरोकाे वर्ष बिहीबार, चैत ३०, २०७९ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)का अनुसार यसवर्ष (१ वैशाखदेखि २८ चैतसम्म) प्राकृतिक विपद्का घटनामा ४८२ को मृत्यु भएको छ । ३४ जना बेपत्ता भएका छन् ।

छोरीको लास छेउमा लघुवित्तको हिसाबकिताब, आमालाई एजेन्टकाे हप्की-ऋण तिर्नुस् कि तपाईं पनि मर्नुस् बुधबार, चैत २९, २०७९ सहकारीको ऋण तिर्न नसके आफ्नो छोरी लघुवित्तका कर्मचारीलाई दिनुपर्ने भन्दै धम्की दिएको जानकी सुनाउँछिन् । ‘हुँदा हुँदा मैले लिएको ऋणले गर्दा मेरो छोरीलाई ताक्न थाले । हामी अन्जान मूर्खलाई के थाहा । पढेको पनि छैन । यसरी भन्छ उसरी भन्छ । ब्याज कति पनि थाहा छैन । छोरीलाई सोध्दा २५...