अशिक्षा र गरिबीको दुरवस्था, २६ वर्षमा १२ सन्तान !शुक्रबार, वैशाख १५, २०८०

औषधिको नाममा अवैधानिक ‘ओआरएस’ ब्राण्डको कार्बोनेटेड पेय पदार्थ फार्मेसीमार्फत निर्बाध बिक्री बिहीबार, वैशाख १४, २०८० अहिले ओआरएस ब्राण्डमा फार्मेसीहरूमा बिक्रीवितरण भइरहेको पेय पदार्थ विभागबाट स्वीकृति प्राप्त होइन । वास्तवमा त्यो पेय पदार्थले जीवनजलको काम पनि गर्दैन । औषधि पसलबाट सो पेय पदार्थ बिक्रीवितरण गर्नु पूर्ण रूपमा गैरकानुनी कुरा हो,’ औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले भने, ‘झाडापखाला लागेको बेलामा सो पेय पदार्थ उपभोग...

भावना लिङ्देनमाथि सम्पादकको यौन दुर्व्यवहार, मिलेमतोमा मिडिया हाउसबाट थप प्रहार बिहीबार, वैशाख १४, २०८० सानैदेखि टीभीमा समाचार भन्ने रहर र सपनाले उनलाई पत्रकारिता सुरु गरेको चौथो वर्षमा झापामा पुर्यायो । जिल्लामा मात्र होइन राजधानीमै नाम चलेका सम्पादकसँग उनी काम गर्ने अवसर पाउँदै थिइन्, फेरि रेडिओबाट टीभीमा फड्को, अरु के चाहियो ? सम्पादकसँग कुरा गरेर उनी सूर्योदय टीभीमा काम गर्न आइन् । सम्पादकले नै फेसबुकको...

विद्युत्को तार भूमिगत गर्ने विषयमा प्राधिकरण र भौतिक मन्त्रालयबीच टसल बुधबार, वैशाख १३, २०८० विद्युतीय तार भूमिगत गर्न सुरु गरिएको चार वर्ष बितिसक्दा समेत पूर्णता पाउन सकेको छैन । विद्युतीय तार भूमिगत गर्ने विषयमा पछिल्लो समय विद्युत् प्राधिकरण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागबीच आरोपप्रत्यारोप सुरु भएको छ ।

पहिचान बन्दै सिस्नो, बाँको र आलु बुधबार, वैशाख १३, २०८० वनमा खेर गइरहेको बाँको अहिले भान्सामा पुगेको छ । सिपालुको हात लागेपछि बाँको गुन्द्रुक बन्छ । बारीमा झाडी बनेको सिस्नोको माग अधिक छ । सीप सिकेका महिला सिस्नोको धुलो बनाउँछन् ।

गठबन्धनको औचित्य सकियो ? मंगलबार, वैशाख १२, २०८० ठूला तथा पुराना दल चुनावमा गठबन्धन गरेर होमिइरहँदा पनि रास्वपाले जुन हिसाबको नतिजा अहिलेको चुनावमा निकाल्यो, त्यसले ठूला राजनीतिक दलहरूलाई सोच्न बाध्य बनाएको छ । वडा तहसम्म बलियो संगठनात्मक संरचना र सक्रिय कार्यकर्ता पंक्ति रहेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई जनताले यो चुनावमा पाखा लगाए ।

पृथकतावादी आन्दोलन र अमृतपाल सिंह सोमबार, वैशाख ११, २०८० खालिस्तान १८०० को उत्तरार्ध र १९०० को सुरुवातको ब्रिटिश सामराज्यको नीतिहरूमा निहित छ, जसले सिख र हिन्दूहरूलाई विभाजित गर्न खोजेको थियो । ब्रिटिशराजको विरुद्धमा विद्रोह गर्ने हिन्दू शासकहरूविरुद्ध प्रयोग गर्न सिखहरूलाई ठूलो संख्यामा ब्रिटिश सेनामा भर्ती गरियो । पछि, १९४७ मा भारत स्वतन्त्रतापछि, पञ्जाब राज्य र केन्द्रीय भारतीय सरकारबीच तनाव...

शिक्षा मन्त्रालयको चेपुवामा शैक्षिक परामर्शदाता कम्पनी : पाउँदैनन् शैक्षिक मेला र प्रचारप्रसार गर्न सोमबार, वैशाख ११, २०८० वैदेशिक अध्ययनका लागि जाने अधिकांश विद्यार्थी को रोजाइमा अष्ट्रेलिया, जापान, अमेरिका, क्यानडा लगायतका देश पर्छन् । अध्ययनका लागि नेपालबाट बर्सेनि ५० अर्बभन्दा माथि बाहिरिरहेको परिप्रेक्ष्यमा त्यो भन्दा पाँच गुणा बढी रेमिटेन्स ती विद्यार्थीहरूमार्फत नेपाल आउने गरेको व्यवसायीहरूको दाबी छ ।

सगरमाथा आधार शिविरमा आरोहीको ओइरो आइतबार, वैशाख १०, २०८० पर्यटन विभागको विवरणमा हालसम्म सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ७८ देशका नौ सय बढी आरोही आएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्रै ५८ देशका नागरिक नेपाल आएका छन् । सबैभन्दा बढी चीनबाट ८५, अमेरिकाबाट ७४, भारतबाट ३३, हङ्गेरीबाट ३३, क्यानाडाका १९, रुसका १८, बेलायतका १५ र नेपालका १६ आरोहीले...

नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन आइतबार, वैशाख १०, २०८० प्रधानमन्त्रीले ‘यात्री’ लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भइ काम गर्न नपाएको भनी सञ्चारमाध्यममा आएका गुनासोप्रति आफू गम्भीर रहेको भन्दै सोका लागि आवश्यक कार्यविधिलाई छिटो टुङ्गोमा पुर्याउन मुख्य सचिवलाई निर्देशन दिएका हुन् ।

बल्ल पर्यो चितुवा पासोमा आइतबार, वैशाख १०, २०८० एक महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतङ्क फैलाइरहेको चितुवा आज बिहान नियन्त्रणमा आएको छ । विश्वविद्यालयको बाटो हुँदै साँझ–बिहान आवतजावत गर्ने सवारी साधनसँग जुध्ने र केही बटुवालाई आक्रमणसमेत गरेको चितुवालाई त्रिवि सेवा आयोगको कार्यालय नजिक पासोमा पारेर नियन्त्रणमा लिइएको हो ।

एमसीए–नेपालको प्रसारण लाइनले नुवाकोटमा ५० बस्ती प्रभावित शनिबार, वैशाख ९, २०८०

के नेपालले रुससँग सम्बन्ध सुधार्न चाहेको हो ? शनिबार, वैशाख ९, २०८० युक्रेनमाथि रुसी आक्रमणबारे गतवर्ष २४ फेब्रुअरीमा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी सार्वभौम मुलुकमाथि बल प्रयोग गर्नु गलत भएको भन्दै रुसको विरोध गरेको थियो । फेरि, २ मार्चमा राष्ट्रसंघीय महासभामा रुसी हमलाको निन्दा गर्न ल्याइएको प्रस्तावको पक्षमा नेपालले मत दियो । नेपालसहित १४१ देशले प्रस्तावमा समर्थन जनाए पनि भारत र चीनजस्ता...