प्रतिनिधि सभामा आज पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता बारे छलफल हुने सोमबार, चैत ५, २०८०

महाधिवेशन तयारी गर्न एकीकृत समाजवादीका १३ कमिटी: मूल व्यवस्थापनमा नेपाल, अतिथि सत्कारमा खनाललाई जिम्मेवारी सोमबार, चैत ५, २०८० नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनका लागि विभिन्न १३ कमिटी गरेको छ ।पार्टीले मूल व्यवस्थापन कमिटीलाई पूर्णता दिने क्रममा गठन गरेको कमिटीमा संयोजक तथा सदस्यको जिम्मेवारी तोकिएको हो। महाधिवेशन मूल व्यवस्थापन कमिटीको संयोजकमा अध्यक्ष माधवकुमार नेपाल र अतिथि सत्कार कमिटीको संयोजकमा झलनाथ खनाललाई जिम्मेवारी दिइएको छ।

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल सोमबार, चैत ५, २०८० प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। चिन्तन, अध्ययन र लेखनतर्फ रुचि जाग्नेछ। लगनशीलताले कर्मसिद्धि हुनेछ।

मौसम: आज सफा, भोलि केही स्थानमा वर्षा सोमबार, चैत ५, २०८० हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

'लिभिङ टुगेदर'लाई कानुनी मान्यता दिन परेको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश आइतबार, चैत ४, २०८० सर्वोच्च अदालतले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै परेको रिटमा सरकार र संसद्का नाममा कारण देखाऊ आदेश जारी गरेको छ। अधिवक्ता अनु भट्टराईले दायर गरेको रिटमा आइतबार पहिलो सुनुवाइ गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले यस्तो आदेश गरेको हो।
सुन तस्करीमा मुछिएका पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ धरौटीमा रिहा आइतबार, चैत ४, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीमा मुछिएका जोन भनिने जीवनकुमार गुरुङ रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले उनलाई १५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो।न्यायाधीश जीवनप्रसाद उपाध्यायको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए।

रङ्गमञ्चका कलाकारलाई मात खुवाउने नेताहरूको ‘छेपारे प्रवृत्ति’ आइतबार, चैत ४, २०८० सत्ताबाट निमेषभर पनि जमिनमा नटेकी झन्डासँगै नयाँ सत्ताको नेतृत्वमा सरेका प्रधानमन्त्री दाहालको परिवर्तित चालढाल, बोलिचाली र भावभङ्गिमा नै रोचक लाग्छ। सत्तोसराप गरिरहेका नेतालाई उनी जीवनसाथी जसरी अगाध माया गरिरहेका देखिन्छन् भने घनिष्ठ मित्रता रहेको पुरानो सहयात्रीलाई सौतेनी आमाका सन्तानलाई झैँ व्यवहार गरिरहेका पाइन्छन्। यो प्रवृत्ति केवल दाहालमा मात्र लागू हुँदैन,...

आरती साहकी सासु रेणुदेवी पक्राउ आइतबार, चैत ४, २०८० आरती साहको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनकी सासु रेणुदेवी साहलाई पक्राउ गरेको छ। जनकपुरधाम उपमहानगरपालिका–७ थापाचोककी ५५ वर्षीया साहलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए।

सुनसरीको बर्जू गाउँपालिकामा आगलागी, २७ घर जले आइतबार, चैत ४, २०८० स्थानीय बिसुनदेव पौदारको घरबाट सुरु भएको आगो टोलमा फैलिएको प्रहरीले जनाएको छ। अधिकांश घर आपसमा टाँसिएका र बाँस, फुस जस्ता सामग्री प्रयोग गरी बनाइएका भएकाले आगो चाँडै फैलिएर धेरै घरमा क्षति भएको स्थानीयले जनाएका छन्।

सांसद दीपक मनाङेले त्यागे एकीकृत समाजवादी आइतबार, चैत ४, २०८० उनले प्रदेश सभा सचिव हरिराज पोखरेललाई दल त्याग गरेको जानकारी गराएका छन्। ‘स्वतन्त्र रूपमा म जनताको मन जितेर निर्वाचित भएको हुँ र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्चाइ स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन माग गर्दछु,’ उनले भनेका छन्।

नेपाली चलचित्र सम्बन्धी सम्पूर्ण जानकारी दिने ‘द फिल्म नेपाल’ आइतबार, चैत ४, २०८० नेपाली चलचित्र सम्बन्धी सम्पूर्ण जानकारी एकै स्थानबाट दिने उद्देश्यका साथ अनलाइन प्लेटफर्म द फिल्म नेपाल सार्वजनिक भएको छ।नेपालको सिनेमा क्षेत्रको प्रयोग र प्रवर्द्धनलाई रूपान्तरण गर्ने उद्देश्यका साथ द फिल्म नेपालले आफ्नो प्लेटफर्म विकास गरेको हो। युजर फ्रेन्डली इन्टरफेस भएको द फिल्म नेपालमा नेपाली चलचित्र, कलाकार, निर्देशक र उद्योग क्षेत्रका...

उम्मेदवारी घोषणादेखि उपनिर्वाचन बहिष्कारसम्म, यस्तो छ दलहरूको इलाम-२ मा तयारी आइतबार, चैत ४, २०८० वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारी दिन विभिन्न राजनीतिक दलले तयारी तीव्र बनाएका छन्। केही दलले आकाङ्क्षीहरूबाट निवेदन लिइसकेका छन् भने केहीले निवेदन दिन सूचित गरेका छन्। आकाङ्क्षीहरूको निवेदन परेपछि पार्टीको विभिन्न तह हुँदै केन्द्रमा उम्मेदवारको नाम सिफारिस गर्ने तयारी दलहरूको...

फेरि सुन तस्करी प्रकरण अनुसन्धान गर्दै सीआईबी, पूरक अभियोग लैजाने आइतबार, चैत ४, २०८० प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भेपमार्फत भएको ९ किलो सुन तस्करी र ६० किलो सुन प्रकरणमा फेरि अनुसन्धान सुरु गर्ने भएको छ। ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित आयोगले दिएको प्रतिवेदनका आधारमा फेरि अनुसन्धान गरेर पूरक अभियोग लैजाने बताए।









