रुसमा युक्रेनको ड्रोन आक्रमण, दुई जनाको मृत्यु सोमबार, चैत ५, २०८०

दिनहुँजसो आगलागी हुँदा कोशी प्रदेशमा ५ जनाले ज्यान गुमाए सोमबार, चैत ५, २०८० केही सातायता कोशी प्रदेशमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन्। दुई दिनअघि भोजपुरमा भएको आगलागीमा तीन बालबालिकाले ज्यान गुमाए। आगामा जलेर विभिन्न जिल्लामा दर्जनौं घर नष्ट भएका छन्। आगलागीमा परी पाँचथर र झापामा १-१ जनाको मृत्यु भएको छ। मोरङ, तेह्रथुम, सुनसरी, सोलुखुम्बु, पाँचथर, इलाम, उदयपुर, धनकुटालगायत जिल्लामा शृङ्खलाबद्ध रुपमा आगलागीका घटना...

नर्स हत्यामा संलग्नको आशंका गरिएका प्रेमी मृत भेटिए सोमबार, चैत ५, २०८० तीन दिनअघि मृत अवस्थामा फेला परेकी नोबेल अस्पतालमा कार्यरत नर्सको हत्यामा संलग्न रहेको आशंका गरिएका उनका प्रेमी पनि मृत अवस्थामा फेला परेका छन्।विराटनगर महानगरपालिका-४ स्थित होटल फाइनको एउटा कोठामा उनी झुण्डिएको अवस्थामा हिजो राति फेला परेको प्रहरीले जनाएको छ। सिरहा घर भएकी २५ वर्षीया स्टाफ नर्स चन्द्रिका कुमारी दासको...

वनको डढेलो बस्तीमा सल्किँदा १७ घर जले सोमबार, चैत ५, २०८० तेह्रथुमको फेदाप गाउँपालिका-१ सिम्लेमा आइतबार दिउँसो वनमा अचानक लागेको डढेलो बस्तीमा सल्किँदा १७ घर जलेका छन्। गाउँको पुछारको सल्किएको आगोले सिंगो वन सखाप पारेको छ भने वनको आसपासमा रहेका १७ वटा घर जलेर नष्ट भएका छन्। दिनभर अनियन्त्रित बनेको आगो प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले राति अबेर मात्रै नियन्त्रणमा लिए।...

रुसमा सकियो आमनिर्वाचन, पुटिन राष्ट्रपतिमा कायम रहलान् ? सोमबार, चैत ५, २०८० रुसमा आम निर्वाचन सम्पन्न भएको छ। अब भ्लादिमिर पुटिन फेरि राष्ट्रपति बन्ने अपेक्षा गरिएको छ। रुसी सञ्चारमाध्यमका अनुसार प्रारम्भिक रुझानले पुटिनले करिब ८८ प्रतिशत मत प्राप्त गर्ने सम्भावना रहेको देखाएको छ। रुसी मिडिया रिपोर्टका अनुसार एक्जिट पोलले पुटिनले रुसी राष्ट्रपतिको रूपमा अर्को ६ वर्षको कार्यकाल पाएको देखाएको छ। अहिलेको चुनावमा...

आईसीसी अध्यक्ष ग्रेग बार्क आज नेपाल आउँदै सोमबार, चैत ५, २०८० अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेग बार्क आज नेपाल आउने भएका छन्।भारतको नयाँ दिल्लीमा आइतबार राति भएको वुमन्स प्रिमियर लिगको फाइनलमा सहभागी भएका अध्यक्ष बार्क आज सोमबार अपरान्ह काठमाडौं आइपुग्ने छन्।

किसानको मेहनतले बारीमा देखिएको खुसी सोमबार, चैत ५, २०८० मेहनतले काम गर्ने किसानको दैनिकी सँधै कष्टकर हुने गर्छ। त्यसमा पनि समयमा बीउ, मलखादको समस्या भोग्ने किसान सिँचाइ अभावले भनेजस्तो फसल उब्जाउन सक्दैनन्। उब्जिएको फसलले पनि मूल्य नपाउँदा चिन्तित रहन्छन्। परिस्थिति जेजस्तो भए पनि उत्पादनका लागि मेहनत बढाउन पछि नहट्ने कर्मी किसानका केही तस्बिर हेर्नुहोस् जसले मेहनतको परिभाषा झल्काउँछ।

विश्वको सर्वोच्च शिखर नजिकैको मानवबस्ती गोरक्सेप सोमबार, चैत ५, २०८० विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो पुग्ने आकांक्षा धेरैको हुन्छ। साहसिक पर्यटकीय गतिविधिमा सहभागीको लक्ष्य एक पटक सर्वोच्च शिखर पुग्ने नै हुन्छ। विदेशी पर्यटक यसका लागि धेरै लालयित हुने गरेका छन्। विश्वको सर्वोच्च शिखरलाई चुम्न र त्यहाँको सुन्दरताको दृश्यावलोकनका लागि धेरैले ज्यानै गुमाएका पनि छन्। हुन पनि हेर्नका लागि मनमोहक दृश्य...

जसपाको केन्द्रीय सम्पर्क समिति पुनर्गठन सोमबार, चैत ५, २०८० जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सम्पर्क समिति पुनर्गठन भएको छ।ललितपुरको बालकुमारीमा आयोजित भेलाबाट रामबहादुर जाग्रीको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो।

एनआरएनएलाई मिलाउन पहल गर्ने परराष्ट्रमन्त्रीको आश्वासन सोमबार, चैत ५, २०८० उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विभाजित एनआरएनएलाई मिलाउन पहल गर्ने बताएका छन्। उनले एनआरएनए एकजुट नहुँदासम्म लक्ष्य पूरा हुन नसक्ने भन्दै सोहीअनुसार गम्भीर हुन समेत आग्रह गरे। आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए) का एकपक्षका अध्यक्ष राजेन्द्र कुमार शर्मासहित पदाधिकारीहरुसँगको भेटमा पराष्ट्रमन्त्री श्रेष्ठले विभाजित एनआरएनलाई मिलाउन पहल गर्ने आश्वासन दिएका हुन्।

बैंग्लोरले जित्यो वुमन्स प्रिमियर लिग, फाइनलमा दिल्ली ८ विकेटले पराजित सोमबार, चैत ५, २०८० मन्स प्रिमियर लिगको उपाधि रोयल च्यालेन्जर्स बैंग्लोरले जितेको छ। आइतबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै बैंग्लोरले उपाधि जितेको हो।

आज घटबढ छैन अमेरिकी डलर, बेलायती पाउण्ड घट्यो सोमबार, चैत ५, २०८० आज डलर एकको खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैयाँ ९१ पैसा कायम छ । आज युरो एकको खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७३ पैसा कारोबार रकम तोकिएको छ ।

एफए कपमा म्यानचेस्टरको उपाधि सम्भावना कायमै, लिभरपुल ४—३ ले पराजित सोमबार, चैत ५, २०८० म्यानचेस्टर युनाइटेड जारी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। म्यानचेस्टरले आफ्नो उपाधि सम्भावनालाई कायम राख्दै गएरातिको खेलमा लिभरपुललाई पराजित गर्यो।









