News Griha :: न्यूजगृह
सभापति सोनाम गेल्जेनले गरे पदभार ग्रहण
सभापति सोनाम गेल्जेनले गरे पदभार ग्रहण राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका नवनिर्वाचित सभापति सोनाम गेल्जेन शेर्पाले सोमबार पद वहाली गरेका छन्। सोमबार सिंहदरबारस्थित समितिको सभाकक्षमा पदवहालीपछि उनले संघीयता कार्यान्वयनको लागि समितिले सरकारलाई सहजीकरण गर्नेगरी काम गर्ने बताए।उनले भने, ‘हामी सरकारको प्रतिपक्ष भन्दापनि सरकारलाई राम्रो काम गर्न सहजीकरण गर्दै काम गर्ने वातावरण मेरो...
विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा पन्त चयन
विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा पन्त चयन राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कमलादेवी पन्त सर्वसम्मत रुपमा निर्वाचित भएकी छन्। समितिको आज सिंहदरबारमा बसेको बैठकले सांसद पन्तलाई सभापतिमा चयन गरेको हो।नवनिर्वाचित सभापति पन्तलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ गराएका छन्। 
प्रदेश प्रमुख भण्डारीले गरिन पदभार ग्रहण
प्रदेश प्रमुख भण्डारीले गरिन पदभार ग्रहण मधेस प्रदेशको नवनियुक्त प्रदेश प्रमुख सुमित्रा भण्डारीले पदभार ग्रहण गरेकी छिन् । मधेस प्रदेशको प्रदेश प्रमुखको रुपमा गत बुधबार शपथ ग्रहण गरेकी नवनियुक्त प्रदेश प्रमुख भण्डारीले पदभार ग्रहण गरेकी हुन् । सोमबार मात्रै जनकपुरधाम आईपुगेकी प्रदेश प्रमुख भण्डारी पदभार ग्रहण गरेपछि प्रदेश प्रमुखको कार्यभार वहन गर्न सबैको साथ र समन्वय...
प्रतिनिधि सभामा एउटा सदस्यको पद रिक्त
प्रतिनिधि सभामा एउटा सदस्यको पद रिक्त प्रतिनिधि सभामा एउटा सदस्य पद रिक्त भएको छ। जनता समाजवादी पार्टीकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि प्रतिनिधि सभा सदस्य पद रिक्त भएको हो। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले जसपा सांसद अन्सारीको निधन भएपछि प्रतिनिधि सभा सदस्यको एउटा पद रिक्त भएको जानकारी दिए।   
सदनमा परराष्ट्रमन्त्रीको जवाफ—रुस र युक्रेनमा फसेका नेपालीलाई चाँडै ल्याउँछौँ
सदनमा परराष्ट्रमन्त्रीको जवाफ—रुस र युक्रेनमा फसेका नेपालीलाई चाँडै ल्याउँछौँ उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुस र युक्रेनमा फसेका नेपालीलाई चाँडै ल्याउन अधिकतम पहल गर्ने आश्वासन दिएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदले उठाएका सवालको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले नेपाल सरकारले रुसी सरकारसँग त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउन पहल गरिरहेको बताए। रुस—युक्रेन युद्धका क्रममा निधन भएका नेपालीको शव नेपाल...
एकीकृत समाजवादी छोडेको भोलिपल्टै दीपक मनाङे मन्त्री
एकीकृत समाजवादी छोडेको भोलिपल्टै दीपक मनाङे मन्त्री कपा एकीकृत समाजवादी परित्याग गरेका राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका हुन्। हिजो मात्रै उनले प्रदेश सभा सचिवलाई दल त्याग गरेको जानकारी गराएका थिए। उनी स्वतन्त्र रूपमा निर्वाचित भएर एकीकृत समाजवादी प्रवेश गरेका थिए। तर केन्द्रमा भएको राजनीतिक...
चक्रपथ सडक स्तरोन्नति छिटो गर्न माग
चक्रपथ सडक स्तरोन्नति छिटो गर्न माग प्रतिनिधि सभाको आजको बैठकमा काठमाडौंको पहिचानको रुपमा रहेको चक्रपथ सडक स्तरोन्नतिका लागि नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता कार्यान्वयन गर्न माग गरिएको छ । बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौंको लाखौँ नागरिकको जनजीवन र स्वास्थ्यसँग जोडिएको चक्रपथ निर्माणका लागि सम्झौता भएको ६ वर्षसम्म पनि निर्माण सम्पन्न...
सांसद सिंहको प्रश्न—शहीदहरुलाई १० लाख रुपैंयाँ दिनु ब्रम्हलुट भएन र ? 
सांसद सिंहको प्रश्न—शहीदहरुलाई १० लाख रुपैंयाँ दिनु ब्रम्हलुट भएन र ?  राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक सिंहले शहीदहरुलाई १० लाख रुपैंयाँ र अन्य सुविधा दिएर ब्रम्हलुट गर्न नपाइने बताएका छन्।  सोमबार प्रतिनिधि सभाको बैठकमा उनले नयाँ शहीदलाई दिने रकम देश निर्माण गर्ने निमार्णकर्ताहरुको बाँकी रकम भुक्तानी गर्न प्रयोग गर्नुपर्ने भन्दै यसरी ब्रम्हलुट गर्न नपाइने बताए।
पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ ?
पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ ? प्रदेश राजधानीसमेत रहेको पोखरा आउने पर्यटकले आसपासका जिल्लामा रहेका गन्तव्यमासमेत पुग्ने गरेका छन्। पोखरामा फेवाताल, बेगनासताल, रुपाताललगायत गरी विश्व रामसार सूचीमा सूचीकृत नौ ताल छन्। पोखरा आउने पर्यटक तालतलैया, हरिया डाँडाकाँडा र हिमाल देखेर लोभिन्छन्। हिमशृङ्खला, अन्नपूर्ण आधार शिविर, पातले छाँगो, विश्व शान्ति स्तुपा, महेन्द्र गुफा, विन्ध्यवासिनी मन्दिर आदि कास्कीका...
मन्त्री बस्नेत भन्छन्— जलवायु जोखिम न्यूनीकरण गर्न स्रोतको अभाव छ 
मन्त्री बस्नेत भन्छन्— जलवायु जोखिम न्यूनीकरण गर्न स्रोतको अभाव छ  उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेले नेपालको जल सुरक्षा र जलवायु जोखिम न्यूनीकरणका लागि स्रोतको अभाव रहेको बताएका छन्।सोमबार ललितपुरमा आयोजित आकाशे पानी सम्बन्धी क्षेत्रीय सम्मेलनमा बोल्दै उनले पानीको कमी र जलवायु परिवर्तनका असरहरू प्रमुख चुनौतिका रुपमा देखिएकाले यसको व्यवस्थापनमा सबैको सहयोग आवश्यक रहेको औंल्याए।
जैविक विषादीको प्रयोग फाइदाजनक: मन्त्री साह
जैविक विषादीको प्रयोग फाइदाजनक: मन्त्री साह कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी साहले जैविक विषादीहरुले परम्परागत रासायनिक विषादीहरुको दिगो र वातावरण अनुकुल विकल्प प्रदान गर्ने बताएकी छिन्। सोमबार जैविक विषादीको व्यवस्थापन र प्रयोग सम्बन्धी कार्यशालाको उद्घाटन समारोहमा उनले जैविक विषादीहरुले परम्परागत रसायनको दिगो विकल्प प्रदान गर्ने भन्दै यस्तो कार्यले दिगो कृषि विकासलाई बढाउने र वातावरणको संरक्षण...
महरालाई सीआईबी कार्यालय लगियो
महरालाई सीआईबी कार्यालय लगियो सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालयमा लगिएको छ।कपिलवस्तुबाट पक्राउ परेका महरालाई प्रहरीले भैरहवा विमानस्थल लगेको थियो। भैरहवाबाट महरालाई जहाजमार्फत काठमाडौं ल्याइएको हो। महरालाई काठमाडौं विमानस्थल हुँदै लाजिम्पाटस्थित सीआईबी कार्यालय लगिएको हो।
Weather Update